शिक्षकले नै ग्रुप बनाएर चिट चोराउने गरेको पाइयोः शिक्षा प्रमुख भण्डारी  

डेली न्युजराप्ती       १८ बैशाख २०८१ १४:३१ मा प्रकाशित     70 No Comments

तुलसीपुर, १८ वैशाख । दाङको तुलसीपुरबाट तीन दिनमा चार सय बढि परीक्षार्थीका मोवाईल जफत भएका छन् । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुसार हालसम्म करिब ४ सय ३५ थान मोबाइल बरामद गरिएको छ । 

पहिलो दिन महेन्द्र मावि केन्द्रबाट १४८ थान ,दोस्रो दिन गुरुजजुर मावि रक्षाचौर केन्द्रबाट १९ थान र तेस्रो दिन जनता संस्कृत मावि बिजौरी केन्द्रबाट १०६ थान गरी २७३ थान मोबाइल ग्रुप म्यासेन्जरमा चिट चोर्दाचोर्दै बरामद गरिएको छ । 

शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार तुलसीपुरका परीक्षा केन्दूमा शिक्षकले नै फेसवुक म्यासेन्जरमा ग्रुप बनाई प्रश्नका उत्तर पठाउने गरेका छन । उक्त ग्रुपमा परीक्षार्थीलाई समेत जोडिएको छ । परीक्षार्थीले म्यासेन्जर ग्रुपमा आएको प्रश्न उत्तर उत्तर पुस्तीकामा सार्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले ग्रुप म्यासेन्जरमा आएका प्रश्न उत्तर,ग्रुप एडमिन र प्रश्नको उत्तर लेख्ने शिक्षकका बारेमा प्रमाण सहित प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार