दाङको सिस्ने खोला दुर्घटनामा परि मृत्युु भएका प्रती नेकपा दाङद्वारा श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       १८ भाद्र २०७८ ०९:०४ मा प्रकाशित     610 No Comments

निर्माण व्यवसायी(ठेकदार) को चरम लापरबाही तथा राज्यको उदासिनताको कारणले गर्दा यो कहालीलाग्दो दुर्घटना व्यहोर्नुपर्यो- प्रदिप
हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले भदौ १६ गतेका दिन घोराही-लमही सडक अन्तर्गत पर्ने सिस्नेखोलाको भेलले गाडी बगाउदा गाडिमा सवार मृतकहरु र गाडी चालक घाइते भएको घटनाले पार्टीलाई निकै स्तब्ध र गम्भीर बनाएको जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले आज एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्युवरण गर्ने घोराही- १६ निवासी ३२ वर्षिय शुसिला श्रेष्ठ,३० वर्षिय राधा श्रेष्ठ, घोराही-१३ निवासी ४० वर्षिय रितमाया पुन र घोराही-१४ निवासी ४२ वर्षिय बिमला केसि प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गरेको छ। साथै गाडी चालक घाइते नर बहादुर पुनको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

सेक्रेटरी प्रदिप द्वारा हस्ताक्षरित वक्तव्यमा निर्माण व्यवसायी(ठेकदार) को चरम लापरबाही तथा राज्यको उदासिनताको कारणले गर्दा यो कहालीलाग्दो दुर्घटना व्यहोर्नुपरेको उल्लेख गरिएको छ। निर्माण कार्यको जिम्मा लिएको निर्माण व्यवसायिको ढिलासुस्ती र सरकारको लाचारी एवम फितलो कानुनका कारणले यस्ता काममा सम्बन्धित पक्षले जे-जे गरेपनी टुलुटुलु हेरेर बस्ने र दण्ड सजाय नहुदा यो ददर्नाक घटना हुन पुगेको जारी वक्तव्यमा उल्लेख गरिएको छ। यस्तै सिस्ने खोला लगाएत यस्तै अवस्थाका अन्य खोलाहरुमा निर्माण भइरहेका पुलहरु छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै अझैपनि यो आग्रहलाई व्यवास्ता गरिएमा त्यसको जवाफ जनताले दिने वक्तव्यमा चेतावनी दिइएको छ। दाङका अन्य खोलाहरुमा पुल नहुदा जनताले धेरै सास्ती व्यहोरिरहेकाले ति खोलाहरुमा पनि तत्काल पुल निर्माण कार्य सम्पन्न गर्न आवस्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाइ नेकपा दाङले अनुरोध गरेको छ।

वक्तव्यको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार