हेमन्त प्रकाश वली, पौष २६,दाङ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउकमिटीले जनजागरण अभियानलाइ तिब्र पारेको छ।
जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादका लागि जनजागरण अभियान चलाएको पार्टीले गाउपालिकाका विभिन्न ठाउमा जनभेटघाट, संगठन बिस्तार एवम जनमतसंग्रह मार्फत व्यवस्था परिवर्तन केन्द्रित छलफलहरु भएको नेकपा राजपुर इन्चार्ज/सेक्रेटरी उज्वलले जानकारी दिएका छन।
नेपालीको राजनीतिमा देखिएका सबैखाले समस्या समाधान गर्न संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवाद स्थापना अनिवार्य भएको सन्देश सहित आफुहरु गाउगाउ पुगेको इन्चार्ज उज्वलले बताए। जनजागरण अभियानमा श्रमजीवी जनताहरुलाइ पार्टीले व्यक्ती र पार्टी चुन्ने संसदीय निर्वाचनको सट्टा एकपटक नेपाली जनतालाइ लोकतन्त्रको उच्चतम प्रयोग जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार दिनुपर्ने एजेन्डा सहित अभियानमा केन्द्रित रहेको नेकपा राजपुर गाउकमिटिले जानकारी दिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.