नेपाल बन्दको पुर्वसन्ध्यामा दाङमा नेकपा सहितका दलहरुद्वारा मसाल जुलुस प्रदर्शन

डेली न्युजराप्ती       ३ फाल्गुन २०७८ २१:३३ मा प्रकाशित     459 No Comments

न्यूजराप्ती।तुलसीपुर,३ दाङ। नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा भोलि बुधबार शक्तिशाली र जुझारु नेपाल बन्द आह्वानको पुर्वसन्ध्यामा दाङमा जिल्लाभरी मसाल जुलुस प्रदर्शन गरेको छ। नेकपा दाङ सहित संयुक्त आन्दोलनरत दलको आयोजनामा जिल्ला अन्तर्गतका विभिन्न पालिकाका मुख्य शहर केन्द्रित चोकहरुमा मसाल जुलुस सहित कोणसभा सम्पन्न गरेको जनाइएको छ।

यस्तै भोलीको नेपाल बन्दको पुर्वसन्ध्यामा तुलसीपुरमा भव्य मसाल जुलुस प्रदर्शन गरेको जनाइएको छ। तुलसीपुरको सल्यान रोड,बिरेन्द्र चोक हुँदै मसाल जुलुस जेसिज चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन नेकपा ( क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज समिर, नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटी इन्चार्ज बिकाश,युवा संगठन नेपालका केन्द्रीय सचिव तिलकले गर्नुभएको हो।
सम्बोधनका क्रममा नेताहरुले राष्ट्रघाती एमसिसी सम्झौता कुनैपनि हालतमा पास गर्न नदिने उद्घोष गरेका थिए। नेताहरुले राष्ट्रिय स्वाधीनतामाथी आच आउने कुनैपनी सन्धी-सम्झौता नेपाली जनतालाइ स्विकार्य नहुने बताएका थिए भने भोलीको बन्द राष्ट्रिय स्वाधीनताको रक्षाका लागि उठाइएको कदम भएकाले बन्दलाई सबैले साथ सहयोग र समर्थनका लागि अपिल समेत गरेका हुन।
कोणसभाको सहजीकरण अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले गर्नुभएको हो।

यस्तै नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउकमिटीले राष्ट्रघाति एमसिसी परियोजना संसदबाट पास गर्ने षड्यन्त्रका विरुद्ध भोलि फागुन ४ गते घोषणा गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा मसाल जुलुससंगै कोणसभा सम्पन्न गरेको छ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा राजपुरका इन्चार्ज उज्वलले बर्तमान गठबन्धन सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने प्रयास गरेर नेपालको राष्ट्रिय स्वाधीनतामाथि निर्मम प्रहार र दुस्साहस गरेकाले प्रत्येक नेपालीले यसको विरोध गनुपर्ने बताउदै नेपालको सबिधान र आफ्ना नागरिक भन्दा एमसिसि माथि हुन नसक्ने स्पष्ट पार्नुभएको थियो। एमसिसी सम्झौता नेपालको कानुन भन्दा माथि र चिनलाई घेर्ने सैन्य रणनीति भएकाले खारेजिको माग समेत गर्नुभएको हो। नेकपा राजपुर गाउकमिटिले राजपुरको भैसाहवा चोक र बेलामा गरि दुई ठाउमा मसाल जुलुस प्रदर्शन गरेको छ।
यस्तै घोराहीमा नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा भव्य मसाल जुलुस सहित कोणसभा कार्यक्रम सम्पन्न भएको छ। कोणसभालाई सम्बोधन नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानर इञ्चार्ज निर्मल, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवाल सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज दिपक विष्ट, नेकपा (क्रान्तिकारी माओवादी)का प्रतिनिधि रामजी चौधरी, नेकपा माले दाङ जिल्ला सचिब नेत्रप्रसाद पाण्डेले गर्नुभएको हो।
यस्तै नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा जिल्लाका बबई गाउपालिका,शान्तिनगर गाउपालिका, दंगिशरण गाउपालिका,लमही नगरपालिका,राप्ती गाउपालिका र गढवा गाउपालिकामा पनि मसाल जुलुस प्रदर्शन सहित कोणसभा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार