‘मिसन सन् २०२७’रोक्न रवीलाइ अमेरिकाले परिचालन गरेको नेकपाका नेता अनिलको ठोकुवा,के हो मिसन?

डेली न्युजराप्ती       २९ जेष्ठ २०८० २१:१६ मा प्रकाशित     150 No Comments

शोभराज बराल
चितवन – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले चीनकाे ‘मिसन सन् २०२७’ लाई असफल पार्न रवि लामिछानेलाई अमेरिकाले परिचालित गरेकाे बताएका छन् । जनपत्रकार संगठन नेपालकाे केन्द्रीय सचिवालय समिति बैठकमा प्रशिक्षण मन्तव्य राख्दै उनले विश्व शक्तिमान बन्ने चीनकाे याेजना असफल पार्न अमेरिकाले रविलाई परिचालित गरेकाे बताएका हुन् ।
अमेरिकी सहयाेग परियोजना एमसीसी पास गर्न परम्परागत पार्टीहरूले ढिलाई गरेपछि अमेरिकाले रवि लगायतका पात्रहरूलाई परिचालन गरेकाे उनकाे भनाई थियाे । ‘काँग्रेसका सभापति शेरबहादुर देउवालाई १ वर्षमा एमसीसी पास गर्न अमेरिकाले अल्टिमेटम दिएकाे थियाे । देउवाबाट त्याे सम्भव भएन । एमसीसी पास गर्न ५ बर्ष लाग्याे ।’, संगठनका फ्याक्सन इन्चार्जसमेत रहेका उनले भने, ‘त्यसकाे विकल्पमा काँग्रेसभित्र गगन थापालाई परिचालित गर्याे ‌। गहनाहरू पनि असफल भएपछि रविकाे उदय भएकाे हाे ।’

अमेरिकालाई जसरी पनि मिसन २०२७ राेक्न पर्ने भएकाले आत्तिएर विभिन्न प्रयाेग गरेकाे बताए । ‘अरू देशहरूलाई डर हुन्छ। उनीहरूले सचेततापूर्वक कदमहरू चाल्छन् ‘, बैठकका प्रमुख अतिथिसमेत रहेका उनले भने, ‘याे अमेरिकालाई केहीकाे पनि मतलव हुँदैन । उसलाई लाग्याे भने मान्छे मारेर भएपनि आफ्नाे मिसनलाई पुरा गर्छ ।’

उनीहरू नेपालमा प्रवेश गरेर यस्ताखालका गतिविधिमा संलग्न भइसकेकाे भन्दै आगामी निर्वाचनसम्ममा यसकाे परिणाम देखिने उनकाे भनाई थियाे ‌। ‘उनीहरूले अदालतमा आफ्नाे मान्छे सेट गरिसकेका छन् । एनसीसीकाे पक्षमा ७/७ वटा जर्नेलले विज्ञाप्ति निकालेर नेपाली सेना पनि प्रभावमा परिसकेकाे देखिन्छ।’, उनले भने, ‘अब संसद र सरकार बनाउने रणनीतिमा अमेरिका छ । हामीले यसलाई राेक्नु पर्छ ।’

उनले नेपालमा अमेरिका आइसकेकाे भन्दै त्यसलाई परास्त पार्न समाजवादी माेर्चा बनाउने तयारीमा आफूहरु रहेकाे बताए । ‘अमेरिकालाई परास्त पार्न एक्लै सम्भव छैन ‌। उनीहरू ठूलो मिसनमा छन् । २०८४ मा रविलाई जनअनुमोदित गर्ने, अरू पार्टीहरूलाई वदनाम बनाउन, नेताहरूलाई बिभिन्न बहानामा फसाउने र सत्ता आफ्नाे हातमा लिने उनीहरूकाे याेजना छ ।’, उनले भने, ‘सत्ता हातमा लिएपछि क्रान्तिकारीलाई सिध्याउने उनीहरूकाे याेजना हाे । त्यही भएर संसदवादी र क्रान्तिकारी पार्टीबिच समाजवादी मार्चाकाे आवस्यकता भएकाे हाे ।
बैठक चितवनकाे सप्तगण्डकी कलेजमा बसेकाे थियो । संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकमा नेकपा पाेलिटब्युराे सदस्य तथा नारायणी व्युराे इन्चार्ज एटम सीकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार