नेकपा दाङका गिरफ्तार ३ नेता रिहा,चुनाव खारेजी अभियान शसक्त बन्दै

डेली न्युजराप्ती       २१ कार्तिक २०७९ २२:०५ मा प्रकाशित     346 No Comments

कार्तिक २१ , दाङ । शान्तिपुर्ण कार्यक्रमबाट गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टी दाङका तिन नेता रिहा भएका छन ।
शान्तिपुर्ण ढंगले आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजी अभियान अन्तर्गत भित्तेलेखन कार्यक्रमबाट गिरफ्तार नेताहरु रिहाई भएका हुन ।

आज घोराहीबाट गिरफ्तार भएका अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम पार्टीका जिल्ला सचिवालय सदस्य अशोका सी , पार्टीको सहायक संगठन युवा संगठन नेपालका जिल्ला सचिव एवम पार्टीका जिल्ला कमिटी सदस्य पदम सी , पार्टीका जिल्ला कमिटी सदस्य रेमन्त सी रिहा भएका हुन ।

करिब सात घण्टा पश्चात् रिहाइ भएका नेता-कार्यकर्तालाई पार्टीका घोराही नगर कमिटी इन्चार्ज कमरेड महान सी लगाएतका नेता र कार्यकर्ताहरुले खादा र अविर लगाई स्वागत गरेको नेकपा घोराही उपमहानगर कमिटीले जनाएको छ।

यस्तै नेकपाले गिरफ्तार परेका नेता-कार्यकर्तालाई अबिलम्ब रिहा नगरे प्रतिरोध संघर्ष अगाडि बढाउने चेतावनी समेत दिएको थियो ।
नेकपा दाङले आज गिरफ्तारीको प्रवाह नगरी जिल्लाव्यापी चुनाव खारेजी अभियानलाइ तिब्र बनाएको छ । पार्टीले जिल्लाव्यापी भित्तलेखनलाइ तिव्रता दिएको छ ।
नेकपा तुलसीपुर उपमहानगर कमिटीले उपमहानगरपालिका विभिन्न वडा , टोलमा भित्तेलेखनलाई तिब्रता दिएको नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाश सीले डेलिन्युजराप्तीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार