नेकपा उत्तर सल्यानकाे विस्तारित बैठक सम्पन्न

डेली न्युजराप्ती       १६ पुष २०८० ०८:२३ मा प्रकाशित     80 No Comments

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानकाे विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा अतिथिकाे रुपमा उपस्थित पार्टीका राजनैतिक समिति सदस्य तथा सल्यानका अगुवा कम्युनिस्ट नेता आधार सीले देशले अहिले वैकल्पिक नेतृत्वको रुपमा महासचिव विप्लवलाई स्विकारी सकेको बताए । उहाँले भने, ‘नेपाली समाज नयाँ नेतृत्व र त्यसमा विप्लव भनेर तयार भइसकेको छ ।’

बैठकमा अतिथिकाे रुपमा उपस्थित अर्का नेता, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा पार्टीका राजनैतिक समिति सदस्य बन्धु सीले अहिले संसार बहुध्रुवमा गएको हुनाले अमेरिकाले जे भन्यो त्यो मात्रै लागू नहुने बताए बन्धु सीले जुनसुकै हालतमा नेपालमा अमेरिकी परियोजना एमसीसी लागू हुन नदिने बताइन् ।

आधार सी तथा बन्धु सीकाे गृहजिल्ला समेत रहेको जिल्ला समिति उत्तर सल्यानकाे विस्तारित बैठक नेताद्वयकाे गृहगाउँ दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाकाे सिमाना गाउँ तङमारामा बसेकाे हाे ।जिल्लाकाे साे बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज अनिल सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज भीम सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य हेमन्ता सी लगायतका अतिथिहरु उपस्थित थिए ।

जिल्ला सचिव मदन सीकाे अध्यक्षतामा बसेकाे साे विस्तारित बैठकमा सहभागी जिल्लाका सचिवालय सदस्य, सदस्य र विभिन्न जनवर्गिय संगठन तथा माेर्चाका जिल्ला अध्यक्ष तथा संयाेजकहरुले कार्यक्षेत्रका रिपोर्टिङ गर्नुकाे साथै नेताहरु समक्ष जिज्ञासा प्रकट गरेका थिए ।जिल्लाकाे साे विस्तारित बैठकले समाजवादी माेर्चा, पार्टी संगठन, जनवर्गिय संगठन, राजनीतिक, संघर्ष, राजनैतिक अन्तरक्रिया, आर्थिक र उत्पादन लगायतका प्रस्तावहरुमाथि छलफल गरेर निर्णय गरेकाे अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा राप्ति व्युराे इन्चार्ज र पार्टीका जिल्ला सदस्य राजेन्द्र सीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार