राहत र उद्धार कार्यमा खटिन नेकपाले दियो कार्यकर्तालाई निर्देशन

डेली न्युजराप्ती       १८ श्रावण २०७९ १८:५१ मा प्रकाशित     178 No Comments


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले कोशि नदिको वाहावले उदयपुरको वेलका नगरपालिकाका विभिन्न वडामा पुर्याएको क्षेतिप्रति दुख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले वुधवार एक प्रेश विज्ञप्ति जारी गरी वाढीवाट पीडित हुनेहरु प्रति दुख व्यक्त गर्दै जोखिममा परेका वेलकावासी जनसमुदायको सुरक्षित स्थानमा स्थानान्तरण,तत्काल उद्धार गरी सुरक्षित स्थानमा वासको व्यवस्था र आवश्यक राहतको व्यवस्था गर्न सरकार संग माग गरेका छन् ।

जारी विज्ञप्तिीमा वर्षाका कारण कोशि नदिको वाहाव वढन गई उदयपुर जिल्ला वेलका नगरपालिका वडानम्वर ८ लाहुरे खोच डुम्रीवोटेमा भगालो पस्दा वडा नम्वर १,२,३,८ र ९का सयौ घरधुरी र हजारौं जनता जोखिममा परको नेकपाले जनाएको छ ।
नेकपाले प्राकृतिक विपदवाट भएको क्षेति प्रति पार्टी दुखित भएको उल्लेख गर्दै साहास र सयमताका साथ यस विपतिको सामना गर्न प्रभावित जनसमुदायलाई अनुरोध गरेको छ ।

जारी विज्ञप्ति मार्फत नेकपाले प्राकृतिक प्रकोप र दुखमा परेका जनताको उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न पार्टी कार्यकतालाई निर्देशन पनि दिएको छ ।

नेकपाले वाढी पहिरोले देशैभरी क्षेति पुर्याएको अवस्थामा प्रभावित ठाउँमा तत्काल उद्धार र राहत कार्यमा ढिलाई नर्गन सरकारलाई आग्रह गर्दै पार्टी कार्यकर्तालाई पनि उद्धारमा सहभागी हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार