दाङमा ७० प्रतिशत बढी मत खसेको आंकलन,तुलसीपुरमा तत्काल मतगणना नहुने

डेली न्युजराप्ती       ३० बैशाख २०७९ २०:५० मा प्रकाशित     276 No Comments


३०-वैशाख। दाङमा ७० प्रतिशत बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । बेलुका साढे ६ बजेसम्म ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुंवरले बताए । यति नै मत खसेको हो भनेर एकिन विवरण आइनसकेको तर ७० प्रतिशत भन्दा बढी मत खसेको हुन सक्ने आंकलन रहेको प्रवक्ता कुवरले जानकारी दिए ।

मतदानको समय सकिसकेकोले मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृत कहाँ बुझाउन कर्मचारीहरु व्यस्त रहेको र वर्षाका कारण मतदान रोकिएको स्थानमा मतदान अझैपनि जारी रहेकोले एकिन विवरण आउन केही घण्टा लाग्न सक्ने प्रवक्ता कुवंरले बताए । मतपेटिका ल्याउने काम पनि भैरहेको उनले बताए ।

साथै निर्वाचन कार्यालयको नेटमा समस्या आएकोले मतदानको विवरण सर्भरमा अपलोड गर्न धिला भएको पनि उनले बताए । ‘कार्यालयको नेटमा समस्या आएको छ । नेटको समस्या हल गर्न सम्बन्धित कार्यालयसंग समन्यव भैरहेको तर केही घण्टा समय लाग्ने बताएकाले जिल्लामा मतदानको विवरण आउन समय लाग्ने छ’-प्रवक्ता कुवंरले भने ।

तुलसीपुरमा तत्काल मतगणना नहुने
तुलसीपुरमा आउँदो जेठ ३ गतेबाट मात्रै मतगणना हुने भएको छ । तुलसीपुर क्षेत्रका १८ वडामा आज निर्वाचन सम्पन्न भएपनि एउटा वडामा बाँकी भएकाले एकैपटक मतगणना सुरु हुने भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तुलसीपुर १७ मा जेठ ३ गते निर्वाचन हुने भएको छ । एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको एक्कासी निधन भएपछि उहाका छोरा प्रदिप चौधरीले अध्यक्षमा उमेदवारी दिनुभएको छ ।उहाले गत बुधवार निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा पुगेर मनोनयन पत्र दर्ता गराउनु भएको हो ।

वडा नम्बर १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्य रातिसम्म प्रचार प्रसार गर्न पाइने छ । तुलसीपुर उपमहानगरपालिका भित्र वडा नं १७ को निर्वाचन भएपछि मात्रै मतगणना सुरु हुने भएको हो । वडा नम्वर १७ मा अध्यक्ष पदका लागी छ जना उमेदवार रहेका छन् । आज सम्पन्न भएका मतपेटिकालाई निर्वाचत अधिकृतको कार्यालय तुलसीपुरमा भण्डारण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार