प्युठानमा जन्ती बोकेको जिप दुर्घटना : ८ जनाको मृत्यु

डेली न्युजराप्ती       २२ माघ २०७८ ०९:१३ मा प्रकाशित     259 No Comments


तुलसीपुर, २२ माघ । प्युठानमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । जिल्लाको नौबहिनी गाउँपालिका देखी गौमुखी तर्फ जार्दै गरेको क १ ज ५०९२ नम्बरको जिप दुर्घटना हुदा घटनास्थलमा छ जना र जिल्ला अस्पतालमा दुई जना गरी आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रवक्ता देवीप्रसाद गैरेले जानकारी दिनुभयो । बेहुली लिएर फर्कर्दै गरेको जिप शनिवार विहान तिन बजेतिर दुर्घटना भएको उहाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ५ जना घाईते भएको अनुमान गरिएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको उहाले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी हुदा गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । दुर्घटनाको कारण खुलेको छैन । कच्ची सडक र बर्षात भएका कारण दुर्घटना भएको हुन सक्ने प्रारिम्भक अनुमान गरिएको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार