तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोराबिरुद्ध पक्राउ पुर्जी जारी

डेली न्युजराप्ती       २० बैशाख २०८० १८:३३ मा प्रकाशित     373 No Comments

काठमाडौँ । प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले नेकपा एमालेका सचिवसमेतत रहेका रायमाझीका छोरा र पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीका अनुसार गत जिल्ला अदालत काठमाडौंबाट सो पक्राउ पुर्जी जारी गर्ने अनुमति पाएको हो। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिए पछि काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको हो।
आज पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार