दाङको चखौरामा सुरु भयो विप्लवको ‘एकीकृत जनक्रान्तीको स्कुलिङ’, स्कुल ५ दिनसम्म चल्ने

डेली न्युजराप्ती       ९ भाद्र २०८१ १२:२८ मा प्रकाशित     448 No Comments

केबी गुरुङ/दाङ । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश राप्ती क्षेत्र स्तरीय माध्यामिक तह स्कुलिङ कार्यक्रमको उद्घाटन भएको छ । उक्त स्कुलिङलाई ‘एकीकृत जनक्रान्तीको स्कुलिङ’ भनिएको छ ।

एकीकृत जनक्रान्तिको स्कुलिङ दाङको दंगीशरण गाउँपालिका स्थित चखौराको थारु संग्राहलय नेकपाका स्थायी समिति सदस्य भरत सीद्वारा दिप प्रज्वलन गर्दै उद्घाटन भएको गरिएको हो ।

लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरु रोल्पा, प्युठान र दाङका नेता तथा कार्यकर्ताहरुको लागि ५ दिने माध्यमिक तह स्कुलिङ कार्यक्रमको उद्घाटन भएको हो ।

माध्यामिक तहको स्कुलिङमा गाउँपालिकाबाट छनौटगरि ३ जना सम्मका कार्यकर्ताहरु उपस्थिति रहेका छन् । स्कुलिङमा जिल्ला कार्यालय सदस्य सम्मका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन । यसरी सबैगरि ५० जनाको संख्यामा प्रशिक्षार्थीहरुलाई उपस्थित बनाईएको छ ।

स्कुलिङमा ४ वटा विषयमा अध्ययन हुनेछ। जस अन्तर्गत समाज विज्ञान तर्फ असल सी, बैज्ञानिक समाजबादबारे तिर्थ सी, भौतिक विज्ञान तर्फ प्रयास सी र राजनीतिक अर्थशास्त्रबारे भेषराज भुषालले स्कुलिङमा अध्ययन गराउने छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरत सीले पार्टी एकता बारे नेकपाको धारणा व्यक्त गर्नु भएको थियो ।

भरत सीले नेता र पार्टीको बिचलनलाई सुनिश्चितता र बैधानिकता दिनका लागि एकता नभई समाजबादका लागि एकता हुने बताएका छन । उनले एक अर्को प्रशंगमा भने, ‘१९औं र २०औँ सताब्दीको चुनाव सम्बन्धिको बुझाईले नभएर चुनावलाई संघर्षको मोर्चाको रुपमा बुझ्नु पर्नेमा जोड दिनुभयो ।

नेता भरत सीले क्रान्ति सफलताको सुनिश्चितताको लागि स्कुलिङ अपरिहार्य रहेको समेत बताउनुभएको छ ।

स्कुलिङको उद्घाटनलाई नेकपा पोलिटब्युरो सदस्य सविन सीले संचालन गर्नु भएको छ भने उक्त समारोहको अध्यक्ष नेकपा पोलिटब्यूरो सदस्य आदर्श सीले गर्नुभएको थियो ।

त्यसैगरि स्वागत मन्तब्य नेकपा केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज असिना सीले दिनुभएको थियो । शुभकामना मन्तव्य नेकपा केन्द्रीय सदस्य सुसिल सीले दिनुभएको थियो ।

स्कुलिङका प्रमुख प्रशिक्षक भेष राज भुषालले ५ दिने स्कुलिङको समय तालिका र आचारसंहिता बारे प्रस्ट्याउनु भएको थियो।

आइतबार बिहान उद्घाटन सम्पन्न भएको स्कुलिङ दिउँसो २ बजे देखि सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार