कुनैपनि मुल्यमा एमसीसी खारेजी आन्दोलनको अगुवाई गरौँ : ऋषिराम कट्टेल

डेली न्युजराप्ती       १२ भाद्र २०८० २०:०३ मा प्रकाशित     172 No Comments

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले कुनै पनि मुल्यमा एमसीसी खारेजको आन्दोलनको अगुवाई गर्नुपर्ने बताएका छन् ।
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले एमसीसी खारेजीको आन्दोलनको अगुवाई गर्नुपर्ने बताएका हुन् ।

उनले एमसीसी कार्यान्वयन गर्ने कुरा साम्राज्यवादको युद्ध अपराध भएको भन्दै यो कुनै पनि हालतमा रोक्नुपर्ने बताए।
अध्यक्ष कट्टले भने,-‘आम नेपाली जनता एमसीसीको पक्षमा छैन । यो कार्यान्वयन गर्ने पक्षमा पनि छैनन् । यो कार्यान्वयन गर्ने कुरा हुनै सक्दैन । यो नेपाली जनताका विरुद्धको सैन्य रणनीति र आक्रमण हो ।
उनले माधव नेपाल, प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाका कारण एमसीसी पास भएको जिकिर गर्दै उनीहरु राष्ट्रघाती भएको बताए । उनले राष्ट्रघातीहरुलाई जनताबाटै नंग्याउनु पर्ने विचार राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार