अखिल (समाजवादी) दाङले स्ववियु निर्वाचनको तयारी गर्ने , क्याम्पस केन्द्रित अभियान चलाउने

डेली न्युजराप्ती       २६ माघ २०८१ १५:०७ मा प्रकाशित     237 No Comments

माघ २६,घोराही ।
हेमन्तप्रकाश वली ।
अखिल (समाजवादी) दाङले आसन्न स्ववियु निर्वाचनको तयारीमा क्याम्पस केन्द्रित अभियान चलाउने निर्णय गरेको छ ।
बुधबार संगठनको घोराहीमा बसेको चौथो पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले अहिलेको स्ववियुलाई समाजवादी एजेन्डासहित अखिल समाजवादीले जित्नैपर्ने आवश्यकता रहेको बताए ।

उनले भने– ‘आजको शिक्षाका कारणले युवा-बिद्यार्थीको भविष्य अन्योलग्रस्त छ । अहिलेको शिक्षा पद्दती र प्रणालीले शिक्षा अनिश्चित मात्रै होइन पुर्णतः चौपट भएको छ । यो शिक्षा अवैज्ञानिक , अव्यवहारिक र अस्तव्यस्त छ । मुलुकका लागि कस्तो नागरिक उत्पादन गर्ने भन्ने बिषय नै शिक्षामा छैन् । यो शिक्षा श्रमसंग जोडिएको छैन् ,यसले केवल खाडी मुलुकका लागि सस्तो मुल्यमा श्रमशक्ति निर्यात गरिरहेको छ । तसर्थ शिक्षामा यो प्रकारको बिजोकपुर्ण स्थिती भंग गरि दीर्घकालीन निकासका लागि समाजवादी शिक्षा अपरिहार्य हो । मुलतः यहि समाजवादी एजेन्डा लिएर संगठनका नेताकार्यकर्ताहरु अब क्याम्पस केन्द्रित अभियानमा लाग्नुपर्दछ । समाजवादीले अहिलेको स्ववियुलाई लाखौं बिद्यार्थीको उज्यालो भविष्य निर्माणका खातिर जित्नेगरी लाग्नुपर्दछ ।’

‘क्याम्पसमा रचनात्मक कार्यहरु गर्दै जानुस् । बिद्यार्थीका हरेक प्रकारका समस्याहरु समाधानका लागि हेल्प डेस्कहरु चलाउन सकिन्छ । क्याम्पसमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुस् । रचनात्मक पहलद्वारा अहिलेको स्ववियुलाई क्लिनस्विप गर्नेगरी सोच्नुपर्दछ ,’ नेता सविनले भने।

अखिल (समाजवादी) दाङको बैठकले स्ववियुलाई आफ्नो पक्षमा ढाल्नको लागि संगठनका केन्द्रीय सदस्यहरुलाई जिल्लाका विभिन्न क्याम्पसहरुमा जिम्मेवारी प्रदान गरेको जनाएको छ ।

बैठकमा संगठनका केन्द्रीय सचिवालय सदस्य अनिल सीले केन्द्रीय समिती बैठकको सर्कुलर वाचण गरेका हुन्।

अखिल (समाजवादी) दाङका संयोजक खुम सीको अध्यक्षता एवम सहजीकरण बसेको बैठकमा नेकपाका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा फ्र्याक्सन इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सचिव तिलक सी , नेकपाका केन्द्रीय सदस्य विकाश सी , संगठनका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज खुमन सीको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार