डेलिन्युजराप्ती संवाददाता ।
साउन २२ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले माओवादी केन्द्र भित्रको भ्रष्ट प्रवृत्ति अर्ध बेहोस भएर जथाभावी बोलिरहेको बताएका छन् ।
नेता भरत सीले आज सामाजिक संजाल फेसबुकमा ‘माओवादी केन्द्रको बैठकबारे’ शिर्षकमा एक स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।
उक्त स्टाटसमा उनले लेखेका छन् – ‘प्रचण्डले आफ्नो पार्टीको संसदीय फोहोर-मैलो पखाल्न विप्लव सीलाई सार्वजनिक अपिल गरेपछि माकेभित्रको भ्रष्ट प्रवृत्ति उत्तेजित भएको छ र अर्ध- बेहोस भएर जथाभावी बोलिरहेको छ । सायद त्यो प्रवृत्ति अत्यन्तै बिबादास्पद ब्यक्ति लुम्बिनी कोषमा नियुक्तिसगै मात्तिएको छ । यद्यपि यो प्रचण्ड समेतको कमजोरी र समस्या हो । यसले माकेको कस्तो रुपान्तरण सुल्टो कि उल्टो ? प्रश्न उठाएको छ ।’
नेता भरत सीले नेकपा प्रचण्ड नेतृत्वको माकेसग विचार, राजनीति र व्यबहारमा चौतर्फी प्रतिस्पर्धा गर्न तयार रहेको साथै माकेको फोहोर हटाएर उसको रुपान्तरणमा सहयोग गर्न तयार रहेकाले यो प्रक्रिया र अभियानमा गालीगलौज कम तथ्य-तर्क बढी गर्ने कोशिश गर्न समेत माओवादी केन्द्रका नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेता भरत सीले माओवादी जनतासंग छैन , उ बिग्रेको छ भनेरै अहिलेको बैठकले `जनतासग माओवादी- बिशेश रुपान्तरण अभियान ´ चलाउनुपर्ने अबस्था आएको समेत उल्लेख गरेका छन् ।
स्टाटसमा उनले थप लेखेका छन् – ‘माओवादी जनतासग छैन र उ बिग्रेकोको छ । जनताको नजरमा गिरेको छ । जनताबाट टाढा हुँदै एकहदसम्म जनबिरोधी समेत बनेको छ । त्यसैले त उसको बिशेश रुपान्तरण´ जरुरी छ । रुपान्तरण हुनलाई सबैभन्दा पहिले बिग्रेको स्विकार्नु पर्छ । तर बिग्रेकोमा गल्ती स्विकार्नुको सट्टा साशकीय विचारद्वारा
आफू रुपान्तरण भएको घोषणा गर्ने र अरुलाई उपदेश दिने´ संकेत देखिएको छ , जो राम्रो संकेत होइन ।’
यस्तो छ नेता भरत सीको स्टाटसको पुरापाठ:-
माओवादी केन्द्रको बैठक बारे
१) साउन २१ गते सकिएको माओवादी केन्द्रको बैठकले जनतासग माओवादी- बिशेश रुपान्तरण अभियान ´ चलाउने निर्णय गरेको छ । जो राम्रो निर्णय हो । २) यो निर्णयले स्पष्ट गर्दछ कि, माओवादी जनतासग छैन र उ बिग्रेकोको छ । जनताको नजरमा गिरेको छ । जनताबाट टाढा हुँदै एकहदसम्म जनबिरोधी समेत बनेको छ । त्यसैले त उसको
बिशेश रुपान्तरण´ जरुरी छ ।
३) रुपान्तरण हुनलाई सबैभन्दा पहिले बिग्रेको स्विकार्नु पर्छ । तर बिगेकोमा गल्ती स्विकार्नुको सट्टा साशकीय विचारद्वारा आफू रुपान्तरण भएको घोषणा गर्ने र अरुलाई उपदेश दिने´ संकेत देखिएको छ , जो राम्रो संकेत होइन । ४)यो माकेको अभियान रोड नपुगेको र गाडी नजाने ठाँउमा सायदै पुग्ला ( यदि पुगेछ भने अपवाद होला) त्यहाँ पुग्दा र कार्यक्रम गर्दा सरकारी साधन स्रोतको कति प्रयोग ( दुरुपयोग ) होला ? यो सब देखेपछि जनताले सोध्नेछन कि, कमरेड विप्लव के साच्चै माके रुपान्तरण हुन्छ त ? ५)विप्लव सी ले भन्नुपर्नेछ कि,
हो त प्रचण्डले त भनेकै हो नि माके रुपान्तरणको लागि उसको संसदीय मैलो पाखाल्न जरुरी छ´ तर उल्टो त्यो पखालिने चिन्ताले नजिक आउन नै डराएको जस्तो छ । त्यसैले माके रुपान्तरणको लागी जनताको खबरदारी र दबाब जरुरी छ ।
६) प्रचण्डले `आफ्नो पार्टीको संसदीय फोहोर- मैलो पखाल्न´ विप्लव सीलाई सार्वजनिक अपिल गरेपछि माकेभित्रको भ्रष्ट प्रवृत्ति उत्तेजित भएको छ र अर्ध- बेहोस भएर जथाभावी बोलिरहेको छ । सायद त्यो प्रवृत्ति अत्यन्तै बिबादास्पद ब्यक्ति लुम्बिनी कोषमा नियुक्तिसगै मात्तिएको छ ( यद्यपि यो प्रचण्ड समेतको कमजोरी र समस्या हो ) । यसले माकेको कस्तो रुपान्तरण सुल्टो कि उल्टो ? प्रश्न उठाएको छ ।
७) हाम्रो पार्टी नेकपा प्रचण्ड नेतृत्वको माकेसग विचार, राजनीति र व्यबहारमा चौतर्फी प्रतिस्पर्धा गर्न तयार छ । साथै माकेको फोहोर हटाएर उसको रुपान्तरणमा सहयोग गर्न तयार छ । त्यसैले यो प्रक्रिया र अभियानमा गाली- गलौज कम तथ्य- तर्क बढी गर्ने कोशिश गरौ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.