पत्रकार महासंघ निर्वाचनको मिति तोकियो,फेरि स्थगित हुने सम्भावना कति छ?

डेली न्युजराप्ती       १९ भाद्र २०८१ ०६:१६ मा प्रकाशित     71 No Comments

भदौ १८,दाङ ।
नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते गर्नेगरी मिति तोकिएको छ ।
महासंघका अध्यक्ष बिपुल पोख्रेलले आइतबार बिज्ञप्ति जारी गर्दै असोज ५ मा निर्वाचन हुने घोषणा गरेका हुन् ।

बिज्ञप्तिमा महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको उल्लेख गरिएको छ ।

तर पटकपटक महासंघको निर्वाचन स्थगित हुँदै आएको छ । गत असार २६ गते चुनाव गर्ने निर्णय गरिएको थियो तर सदस्यता शुद्धीकरण लगाएत विवादले निर्वाचन स्थगित भएको हो ।

असोज ५ गते निर्वाचन हुन सक्ने धेरैले आँकलन गरेका छन् । कांग्रेस , एमालेको समीकरणमा उनीहरुका दुई ठुला संगठनहरुलाई निर्वाचन गराउन सहज हुने बिश्लेशन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार