प्रगतिशील टोलको निर्वाचन:कांग्रेस-माओवादी चुनावी मैदानमा होमिए

डेली न्युजराप्ती       ६ भाद्र २०८२ ११:२९ मा प्रकाशित     153 No Comments

हेमन्तप्रकाश वली ।
भदौ ५, तुलसीपुर ।
तुलसीपुर-५ रानिजरुवा स्थित प्रगतिशील टोलको कार्यसमिति निर्वाचनबाट चुनिने भएको छ ।
टोलमा सहमतिबाट कार्यसमितिको टुँगो लाग्न नसकेपछि निर्वाचनबाट कार्यसमितिले पुर्णता पाउने भएको छ ।

प्रगतिशील टोल विकास संस्थाको निर्वाचन भोलि भदौ ६ गते विहानदेखि हुने कार्यतालिका रहेको छ ।

निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् ।

यस्तै निर्वाचनमा कांग्रेस-माओवादीबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचनमा माओवादीबाट बेद प्रसाद वलीको नेतृत्वमा प्यानल बनेको छ । उनि माओवादी निकट नेपाल उधोग व्यापार महासंघ तुलसीपुरका अध्यक्ष समेत हुन् ।

वलीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले नेतृत्व गरेको टिमको उपाध्यक्षमा बलवीर बुढाथोकी , सचिवमा माया पि.एम. (पुन) र कोषाध्यक्षमा पबित्रा बुढाथोकीको उम्मेदवारी रहेको छ भने सदस्यहरुमा नविन डाँगी, खुमाकुमारी चलाउने , प्रेम कुमारी बस्नेत , वेदबहादुर बिष्ट र रन्जना परियार छन् ।

यता टोल विकास संस्थाका निवर्तमान अध्यक्ष अतिराम बिष्टले पनि दोस्रो कार्यकालका लागि आफ्नो उम्मेदवारी दिएका छन् ।
उनलाई नेपाली काँग्रेसले समर्थन गरेको बुझिएको छ । बिष्टको पृष्ठभुमि माओवादी भएपनि उनि लामोसमयदेखि स्वतन्त्र भएर बसेका थिए । उनको पक्षमा स्थानीय काँग्रेस नेताहरु खुलेर समर्थनमा लागेका छन् ।

बिष्टले नेतृत्व गरेको प्यानलको उपाध्यक्ष पदमा जीवन कुमार वली , सचिवमा सुकलाल पुन , कोषाध्यक्षमा त्युरिना शाही छन् । जसको सदस्यहरुमा खिम बहादुर खत्री , विमला डाँगी , हिरा कुमारी परियार , ओज बहादुर खड्का र टिका चन्द रहेका छन् ।

प्रगतिशील टोल विकास संस्थामा करिव २५ सय मतदाता छन् । संस्थाको भोलि हुने निर्वाचनले ९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार