घोराहीमा फालेका सिसाका बोतलबाट बनाइयो आकर्षक घर

डेली न्युजराप्ती       ५ श्रावण २०८० १३:२९ मा प्रकाशित     195 No Comments

हेमन्त प्रकाश ओली ।
साउन ५ , तुलसीपुर । घोराही उपमहानगरपालिका -१६ मा सिसाको बोतलहरु प्रयोग गरि घर बनाईएको छ ।
घोराही -१६ करौटीका स्थानीय दिनेश नेपालीले एकपटक प्रयोग गरि फालेका सिसाका बोतलहरु जम्मा गरि घर निर्माण गरेका हुन् ।

सिसाजन्य बस्तुको व्यवस्थापन कसरी गर्ने भन्ने सोच्दै जाँदा आफुलाई बोतलहरु जम्मा गरि घर बनाउनुपर्छ भन्ने सोच अनुसार बोतलबाट घर बनाएको बताए ।
उनले भने – ‘सिसाजन्य बस्तु चोक , चौतारा , सार्वजनिक स्थल , खेतबारी , कुलानाला जताततै सिसैसिसा भएर अस्तब्यस्त भइरहेको थियो त्यही वेस्टलाई म्यानेजमेन्ट गरेर राखौं भन्ने सोच आएर बोतलको घर बनाएको हुँ ।’

सिसाका बोतलबाट बनाइएको उक्त घर निर्माणमा सिमेन्ट , बालुवा प्रयोग भएको तर इट्टाको ठाउमा बोतलहरु प्रयोग गरिएको हो ।
उक्त घरमा स्थानीय दिनेश नेपालीले नास्ता पसल समेत सञ्चालन गरिरहेका छन् ।

गाउँलेहरुको बुझाइ सकारात्मक छ , उनले भने, ‘कतिपयले बुद्धि नभएको व्यवसाय गर्नलाई सिसाको घर बनाएको छ । ढुङ्गाले हानेपछी गर्ल्यामगुर्लुम जान्छ भन्छन् तर त्यो सहि होइन ढुंगा हानेपनी एक-दुई वटा सिसा फुट्छन सबै जाँदैन।’

नेपालीले घोराहीका रेस्टुरेन्टबाट प्रयोग भइसकेका सिसाका बोतलहरु सस्तोमा खरिद गरि कुल ८ लाख ७० हजार लागतमा उक्त घर निर्माण सम्पन्न गरिएको समेत बताए ।

उनले सिसाजन्य बस्तुलाइ कन्ट्रोल नगर्ने हो भने अबको २० वर्ष पछि जताततै फुटेका सिसाहरु भेटिने समेत बताए ।

सिसालाइ पनि यसरी पुनः प्रयोग गर्न सकिन्छ भनेर आफुले सन्देश दिनलाइ सिसाका बोतलबाट घर निर्माण गरेको स्पष्ट पारेका हुन् ।

फोहोर मैला व्यवस्थापनमा आफुले १८ वर्ष काम गरेको अनुभव भएको भन्दै नेपालीले हरेक चिजबस्तु एकपटक प्रयोग भइसकेपछी पुनः प्रयोग गर्न सकिने समेत बताए ।

उनी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ पुर्वी दाङका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार