धमाधम कमिटी गठन गर्दै विप्लव निकट युवा संगठन नेपाल दाङ

डेली न्युजराप्ती       १६ पुष २०७८ ०९:१३ मा प्रकाशित     413 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिती दाङले जिल्लाका विभिन्न स्थानमा कमिटी गठन गरेको छ।
जनमत संग्रहका लागि संगठन सुदृढ तथा बिस्तार अभियान अन्तर्गत कमिटी गठन गरिरहेको संगठनले जनाएको छ। जसअन्तर्गत बंगलाचुली र घोराही कमान्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.३ मा बसन्त बस्नेतको संयोजकत्वमा ७ सदस्यीय वडा कमिटी गठन गरिएको हो। नेकपा दाङ जिल्ला सदस्य मोतिको प्रमुख आतिथ्य तथा अभियान टिम कमान्डर एवम युवा संगठन नेपाल घोराही उपमहानगरका अध्यक्ष पदम चन्दको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। एकराज गिरिको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेकपा घोराही-३ का सेक्रेटरी अभ्यासले गरेका हुन।

यस्तै संगठन सुदृढ तथा बिस्तार अभियान अन्तर्गत युवा संगठन नेपाल दाङले जिल्लाको दंगिशरण गाउपालिका वडा नं.२ मा प्रकाश राणाको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको जनाएको छ। उक्त कार्यक्रममा नेकपा दंगिशरण गाउपालिका इन्चार्ज राजकुमार, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) दाङका संयोजक पोषण,युवा संगठन नेपाल दाङका कोषाध्यक्ष दिपेन्द्र,युवा संगठन नेपाल तुलसीपुर उपमहानगरका उपाध्यक्ष पवनको आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार