आइपीएसमा प्रधान सेनापतिको सहभागिताप्रति विप्लवद्वारा कडा विरोध (विज्ञप्तिसहित)

डेली न्युजराप्ती       ९ आश्विन २०८० ०९:२३ मा प्रकाशित     296 No Comments

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आइपीएसमा नेपाली सेनाका प्रधान सेनापतिको सहभागिताप्रति कडा आपत्ति जनाउँदै विरोध गरेका  छन् । आइपीएसमा नेपाली सेनाका प्रधान सेनापतिको सहभागिताबारे वक्तव्य जारी गर्दै आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई आग्रह गरेका छन् ।महसचिव विप्लवले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०८० असोज ६ गते हिन्द प्रसान्त रणनीति (आइपीएस) को सम्मेलनमा भाग लिन गएको विषयले नेपाली जनतालाई एकदमै चिन्तित तुल्याएको भन्दै यसप्रति आफ्नो पार्टीको ध्यान पनि गम्भीर ढङ्गले तानिएको बताएका छन् । उक्त घटनाबारे कडा आपत्ति जनाउँदै  महासचिव विप्लवले सरकारले आफ्नो आधिकारिक धारणा गरोस् भन्ने माग समेत गरेका छन् ।

वक्तव्यमा भनिएको छ,‘आइपीएसको सम्मेलनमा नेपाली सेनाका प्रधान सेनापछि प्रभुराम शर्मा सहभागि बनेको विषयले ठूलो तरङ्ग पैदा गरेको छ । नेपाल सरकारका प्रधानमन्त्री चीन भ्रमणमा रहेका बेला कैयौं आर्थिक योजनामा सहमति बन्न नसक्नु तर गए साल एमसीसीलाई नेपाली जनताको असहमति विपरित संसद्बाट पास गर्नु र आइपीएस संमेलनमा यसरी सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको भन्ने सन्देश जादैन र ! यसले नेपाली जनताको चाहना र नेपालको भू–राजनैतिक संवेदनशीलतालाई बोध गर्न नसकेको स्पष्ट हुन्छ । यस्तो गैरजिम्मेवार हर्कतले नेपाल र नेपाली जनतालाई अनावयश्य र अकल्पनीय क्षति पुुग्नेमा हाम्रो पार्टीले सबैलाई सचेत बनाउन चाहन्छ । साथै हाम्रो पार्टी आइपीएस संमेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई माग गर्दछ ।’

विज्ञप्तीको पूरा पाठ-

आइपीएसमा प्रधान सेनापतिको सहभागिताबारे वक्तव्यनेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा २०८० असोज ६ गते हिन्द प्रसान्त रणनीति (आइपीएस)को सम्मेलनमा भाग लिन गएको विषयले नेपाली जनतालाई एकदमै चिन्तित तुल्याएको छ । यसप्रति हाम्रो पार्टीको ध्यान पनि गंभीर ढङ्गले तानिएको छ । घटनाबारे आपत्ति जनाउँदै सरकारले आफ्नो आधिकारिक धारणा गरोस भन्ने माग गर्न चाहन्छ ।अमेरिकी सरकारको नेतृत्वमा गठन भएको हिन्द प्रसान्त रणनीति आक्रमक सैन्य गठबन्धन हो । यो अन्तराष्ट्रिय जगतमा निकै विवादित र आलोच्य छ । यसको प्रमुख लक्ष्य हिन्द प्रसान्त क्षेत्रमा अमेरिकी सैन्य नियन्त्रणलाई सुदृढ गर्ने, एसियामा आफ्नो प्रभुत्य बलियो बनाउने र चीनलाई घेर्ने छ ।अमेरिकाले नेपलालार्ई पनि यो सैन्य गठबन्धनमा सहभागि गराउन बारम्बार दवाव दिदै आएको छ । नेपालको संसद्बाट लादिएको एमसीसी पनि यसैको हिस्सा बनाइएको छ । तर नेपाल हालसम्म यो गठबन्धनमा घोषितरुपले सहभागि बनेको ठानिदैन । नेपाली जनताको जब्बर मत नेपाल कुनै पनि अन्तराष्ट्रिय सैन्य गठबन्धनमा सहभागि बन्नु हुँदैन भन्ने रहेको प्रष्टै छ । सबै राजनैतिक पार्टी र नेपाल सरकारले पनि बेलवेला आइपीएसमा सहभागि बन्न नसक्ने धारणा सार्वजनिक गर्दै आएका छन् । परन्तु सन् २०२३ को आइपीएसको संमेलनमा नेपाली सेनाका प्रधान सेनापछि प्रभुराम शर्मा सहभागि बनेको विषयले ठूलो तरङ्ग पैदा गरेको छ । नेपाल सरकारका प्रधानमन्त्री चीन भ्रमणमा रहेका बेला कैयौं आर्थिक योजनामा सहमति बन्न नसक्नु तर गए साल एमसीसीलाई नेपाली जनताको असहमति विपरित संसद्बाट पास गर्नु र आइपीएस संमेलनमा यसरी सहभागि बन्नुले विश्व जगतमा नेपाल अमेरिकी गठबन्धनमा गएको भन्ने सन्देश जादैन र ! यसले नेपाली जनताको चाहना र नेपालको भू–राजनैतिक संवेदनशीलतालाई बोध गर्न नसकेको स्पष्ट हुन्छ । यस्तो गैरजिम्मेवार हर्कतले नेपाल र नेपाली जनतालाई अनावयश्य र अकल्पनीय क्षति पुुग्नेमा हाम्रो पार्टीले सबैलाई सचेत बनाउन चाहन्छ । साथै हाम्रो पार्टी आइपीएस सम्मेलनमा प्रधानसेनापतिको सहभागितालाई कडा विरोध गर्दै यस्तो विध्वंकारी गठबन्धनमा सहभागि नबन्न सरकारलाई माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार