मकवानपुर: नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) मकवानपुरका संयोजक अर्जुन लोप्चनले पार्टी, संगठन र जिम्मेवारी परित्याग गरि नेकपामा समाहित भएका छन् ।
बागमती गाउँपालिका-९ बेतिनीमा बसोबास गर्ने अर्जुन पहिला नेकपा निकट अखिल (क्रान्तिकारी) मा रहेर काम गरिरहेका थिए । स्थानीय तहको चुनाव उपयोग गरेर जाने भन्ने विषयले पार्टी कमिटी भित्र फाटो आए पछि अलमल्लमा परेका अर्जुनलाई नेकपा बहुमतले विद्यार्थीको जिल्ला संयोजक बनाएको थियो । तत्कालीन समयमा युवाहरूलाई आकर्षित गर्ने धेरै थरिका कुरा गरे तापनि हालसम्म आउँदा बहुमत पार्टीको विचार, सिद्धान्त र कार्यदिशा अस्पष्ट भएको र क्रान्ति सम्पन्न गर्ने खाले कुनैपनि योजना नभएकोले उक्त पार्टी संगठनको जिम्मेवारी परित्याग गरेको विज्ञप्तिमा लेखिएको छ ।
साथै हरेक परिस्थितिको सामना गर्दै एकीकृत जनक्रान्तिको बाटोमा अघि बढिरहेको विप्लव नेतृत्वको नेकपा मात्रै उत्कृष्ट विकल्प भएकोले पुनः उक्त पार्टी संगठनमा समाहित भएको कुरा उल्लेख गरेका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.