काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय शिबगढी कपिलबस्तुमा दुई महिने अभियान संचालन गर्ने निर्णय गर्दै सम्पन्न भएको हो ।
दुई महिने अभियान अन्तर्गत सरकारले घोषणा गरेको संसदीय निर्वाचन शसक्त खारेज गर्ने, बढ्दो महङ्गी, भ्रष्टाचार, दलालीकरणका विरुद्ध संघर्ष गर्ने, अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध संघर्ष गर्ने निर्णय भएको नेकपा श्रोतले जनाएको छ । दुई महिने अभियानभित्र माओको जन्मजयन्ती पनि भब्य रुपमा मनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए ।
त्यस्तै, बैठकले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । बैठकले नेकपाको प्रवक्तामा प्रकाण्डलाई पुन: चयन गरेको जनाइएको छ । नेकपाको भर्खरै सम्पन्न ९ औं महाधिवेशनले १२६ जनाको केन्द्रीय समिति र १३९ जनाको केन्दीय प्रतिनिधि समिति निर्वाचित गरेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.