सर्वोच्च अदालतले उर्दी जारी गरेसंगै प्रचण्डले फेरि भेटे विप्लवलाई!

डेली न्युजराप्ती       २४ फाल्गुन २०७९ २०:१४ मा प्रकाशित     156 No Comments

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबिच आज बिहान फेरि भेटवार्ता!
काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा पछिल्लो बिकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भिर छलफल र समिक्षा भएको जानकारी श्रोतले दिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव विप्लवले बिगतमा सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुदे सहमति अनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरुको रिहाई र मुद्दाहरुको खारेजी गर्नुपर्ने धारणा राखेको र प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसारका कामहरू अगाडि बढाउनेबारे सकारात्मक जवाफ दिएको बताईएको छ भने भेटघाटमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड समेत सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार