श्रावण १२ , दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोराही उत्पादन केन्द्रमा भोलि धान रोपाइँ गर्ने जनाएको छ ।
नेकपाकी केन्द्रिय सदस्य सम्झना सीले भोलि शनिवार १० बजेदेखी घोराही -१६ गरुवागाँउमा धान रोपाइँ गरिने जानकारी दिनुभएको छ ।
नेकपाले दाङलाई तिनवटा उत्पादन केन्द्रमा बिभाजन गरि जिल्लाभरी करिव १६ बिघा क्षेत्रफलमा धान रोपाइँ गरिरहेको छ ।
धान रोपाइँ गर्ने कुरा नयाँ र नौलो बिषय भने होइन तर नेकपाले भोलि शनिवार घोराही उत्पादन केन्द्रमा गर्ने रोपाइँमा नेताकार्यकर्तालाई अलि फरक महसुस भने पक्कै हुनेछ ।
नेकपाकी केन्द्रीय सदस्य सम्झना सीका अनुसार भोलीको रोपाइँमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती ( बसन्त )को समेत उपस्थिती हुने जनाइएको छ ।
घर्ती नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता हुनुहुन्छ ।
यता धान रोपाइँमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष सी समेत सहभागी हुने नेतृ सम्झनाले जानकारी दिनुभएको हो ।
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच एकताको चर्चा चलिरहेको बेला नेकपाको धान रोपाइँमा तुलाराम घर्ती ( बसन्त ) सहभागी हुने कुरालाई रोचक ढंगले हेरिएको छ ।
नेकपाका स्थायी समितिका सदस्य सन्तोष सी र नेकपा (माओवादी केन्द्र) का नेता एवम लुम्बिनी प्रदेश सभाका सभामुख बसन्तले भोलि नै धान रोपाइँको उद्घाटनमा संक्षिप्त मन्तव्य राख्ने समेत जनाइएको छ ।
विप्लव नेतृत्वको नेकपा र प्रचण्ड नेतृत्वको नेकपा (माके) बिच पार्टी एकताको चर्चा चलेपनी अहिलै यहीँ परिवेशमा एकता नहुने तर माओवादीहरु एवम सबै समाजवादीहरु एक हुने बेला आएको नेकपाको तर्क छ ।
नेकपाको नवौं महाधिवेशनले माओवादी एवम नेपालका सबै समाजवादी शक्तिहरुका बिचमा एकता र सहकार्य अनिवार्य रहेको निर्णय समेत गरेको छ ।
तर नेकपाले संसदीय व्यवस्था स्विकार गर्न नसकिने बताउदै आएको छ भने समाजवादका लागि सबैसंग सहकार्यको नीति लिएको छ ।
यता माओवादी केन्द्र सैद्धान्तिक रुपमा पार्टी एकताको बिषयमा प्रष्ट भएपनी व्यवहारमा उल्टो देखिने गरेको जानकारहरु बताउछन् ।
केही समय अगाडि माओवादी केन्द्रका बरिस्ठ नेता जनार्दन शर्मा र वर्षमान पुनले पार्टी एकताको बिषयमा विप्लव लक्षित निकै तुच्छ अभिव्यक्ति समेत दिएको नेकपाले एक नेताले बताए।
नेकपाले भोलि घोराहीमा हुने धान रोपाइँमा सहभागिताका लागि पार्टीका नेताकार्यकर्ता , जवस/मोर्चा सम्बद्ध नेताकार्यकर्ता र पार्टीको उत्पादन सम्बन्धीको नीति बुझ्नलाई आम बुद्धिजीवी , पत्रकार , राजनीतिक दल एवम आम जनसमुदायलाई अनुरोध समेत गरेको छ ।
घोराही -१६ गरुवागाँउ उत्पादन केन्द्रमा पार्टीले सी बहुउद्धेशीय कृषि फर्म मार्फत उत्पादन कार्यलाई व्यवस्थित गरिरहेको जनाएको छ ।
यो भन्दा अघिल्लो वर्षपनि नेकपाको घोराही उत्पादन केन्द्रमा दाङका प्रमुख जिल्ला अधिकारीले धान काटेको बिषय अत्यन्तै चर्चामा थियो ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी यतिबेला पार्टीले लिएको आत्मनिर्भर उत्पादन नितिका कारण बेलाबेलामा चर्चा आउने गर्दछन ।
काठमाडौंमा प्राय नबस्ने विप्लव खेतबारीमा श्रम गर्दै , कहिले धान रोप्दै , गोड्दै गरेको अवस्थामा कपिलबस्तु स्थित केन्द्रीय कार्यालयमा देखिने गर्छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.