नेकपाको नवौं महाधिवेशन: ‘भगौडाहरुलाई कडा दण्ड दिन प्रतिनिधिहरुको माग’

डेली न्युजराप्ती       २९ आश्विन २०७९ ११:४१ मा प्रकाशित     154 No Comments

कपिलवस्तु । नेकपाको जारी नवौं महाधिवेशनको बन्दसत्रमा आज ९ वटा समूहका नेताहरुले आ आफ्नो समूहको सुझाव राखेका छन ।

समूह नेताहरुले सुझावका क्रममा राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव मुल स्प्रिडमा सहि भएको तर केही परिमार्जन गर्नु पर्ने सुझाव दिएका छन । प्रायः सवै समूहका नेताहरुले पार्टी बाट भागेका कञ्चन सुदर्शनलाई कडा दण्ड दिनुपर्ने माग गरेका छन ।

उनीहरुले पार्टीको जग्गा जमिन र पैसा लिएर भागेकाले दण्ड दिनुको विकल्प नभएको वताएका हुन । पार्टीको कार्यकर्ताको लेविले किनेको कञ्चनको श्रीमतीको नाममा रहेको जग्गा पार्टीले कव्जा गर्नुपर्ने माग गरेका छन ।

विचलनकारी र भगौडाहरुलाई कुनै पनि हालतले छुट दिन नहुने सुझाव दिएका छन । पार्टीले गलत चिजलाई समयमै निराकरण गर्न नसक्दा अवसरवादी विचलनकारीहरुले चुनावको निहुमा पार्टी विभाजन गर्ने मौका पाएको वताएका छन ।

कञ्चन सुदर्शनहरु साम्रज्यवादी र दलालपुँजीवादी तत्वको योजना र षड्यन्त्रमा क्रान्तिकारी पार्टीलाई सिध्याउने योजनामा लागेको समूह नेताहरुको आरोप छ ।

वन्दसत्रमा समुह नम्वर १ वाट असल लिम्वु, समूह ४ वाट राजकुमारी, समुह ६ वाट असिना, , समूह १० वाट आरोह, समुह १३ वाट देवेन्द्र,समुह १५ वाट ध्रुव,समुह १८ वाट विमल, समूह १९ वाट संघर्ष र समूह २० वाट विजय गरी ९ जना समूह नेताहरुले सुझाव राखेका हुन । अझै ११ वटा समूहहरुको सझाव राख्न वाँकी रहेको नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार