नेकपाद्वारा जहाज दुर्घटनाको घटनाप्रति दुख व्यक्त,राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग

डेली न्युजराप्ती       १६ जेष्ठ २०७९ १२:२९ मा प्रकाशित     318 No Comments

दाङ। नेपाल कम्युनिस्ट पार्टीले कास्की जिल्लाको पोखराबाट मुस्ताङ जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नं. २ स्थित कोवाङको सानोस्वारे भिरमा दुर्घटना भएको अकल्पनिय घटनाप्रति अत्यन्तै दुख व्यक्त गरेको छ । पार्टीका महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गरि मर्माहतपूर्ण दुर्घटनामा परि निधन हुनुभएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । जहाज दुर्घटनामा परि आफ्नो प्रियजन गुमाउन पुग्नुभएका मृतकका परिवारजनप्रति पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
साथै जहाज दुर्घटना हुनुको कारण तत्काल छानबिन थाल्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् । महासचिवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जहाज दुर्घटनामा परि अनाहकमा निधन हुनुभएका व्यक्तिहरुको परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि नेपाल सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार