स्कुलिङ बिभाग दाङको बैठक सम्पन्न

डेली न्युजराप्ती       ३० श्रावण २०७८ २०:२२ मा प्रकाशित     567 No Comments


हेमन्त वली श्रावण-३०,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला स्कुलिङ बिभागको प्रथम पुर्ण बैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज शितलको प्रमुख आतिथ्य,नेकपा तुलसीपुर नगर इन्चार्ज बिकाश र नेकपा दाङ जिल्ला सदस्य बिजयको आतिथ्यमा बैठक सम्पन्न भएको थियो।
स्कुलिङ बिभाग दाङको प्रथम पुर्ण बैठकलाइ सम्बोधन गर्दै बैठकका प्रमुख अतिथी नेता शितलले पार्टी स्कुलिङको एकीकृत जनक्रान्तिको कार्यदिशामा महत्वपूर्ण भुमिका रहने बताए।उनले पार्टीका नेता-कार्यकर्तामा स्कुलिङले नया ज्ञान,शिप,दर्शन,समाजसास्त्र लगाएतका थुप्रै बिसयबस्तुमा नया अन्वेषणका साथै जोश-जागर पैदा गर्ने बताए।
दर्शनशास्त्र,वैज्ञानिक समाजवाद र राजनितीक अर्थशास्त्रको स्कुलिङ संचालन गर्दा नेता-कार्यकर्तामा बैचारिक स्पष्टता थप फराकिलो हुने भन्दै स्कुलिङ संचालन गर्नुपर्ने धारणा राखेका थिए।
बैठकमा नेकपा तुलसीपुर नगर इन्चार्ज बिकाश र नेकपा दाङ जिल्ला सदस्य बिजयले मन्तव्य राखेका थिए।
बैठकले भाद्र दोस्रो सातादेखी स्कुलिङ संचालन गर्ने,स्कुलिङ संचालन गर्न पाठ्यसामग्री तथा थप जनशक्ति व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको थियो।
बैठकको संचालन तथा अध्यक्षता स्कुलिङ बिभाग दाङ जिल्ला इन्चार्ज रुद्रले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार