‘लोकप्रियता बटुल्न खोज्दा विवादित बनेका डा.किशोर’

डेली न्युजराप्ती       ३१ आश्विन २०८२ ०९:४८ मा प्रकाशित     537 No Comments

हेमन्तप्रकाश वली ।
असोज ३०,तुलसीपुर । जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा दाङबाट मन्त्री बन्ने चर्चा चलिरहेका व्यक्ति हुन् डा.किशोर खत्री ।
उनले तुलसीपुरमा आँफ्नै निजि अस्पताल चलाएका छन्,उनि तुलसी हस्पिटल प्रालिका सञ्चालक हुन् । बरिस्ठ बालरोग विशेषज्ञ डा.किशोर खत्रीलाई शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री वनाउने चर्चा पटकपटक चल्ने गरेको छ।

डा.खत्रीले एमडी पेडियाट्रिक्स र बोस्टन विश्वविद्यालयबाट पोषणमा फेलोसिप समेत गरेका छन् ।

तर उनै डा.खत्री जेन-जी आन्दोलनपछि विवादित बनिरहेका छन् । उनलाई तुलसीपुरमा जेन-जी आन्दोलन भड्काएको आरोप समेत लागेको छ ।

केहि समयअघि सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै तुलसीपुरका मेयर टिकाराम खड्काले डा.खत्रीले जेन-जी आन्दोलन भड्काएको आरोप लगाएका थिए ।

मेयर खड्काले भनेका छन् – ‘डा.किशोर खत्री जस्तो मान्छे स्कुल स्कुलमा गएर केटाकेटीलाई ल्याएर ढुँगा हान् भनेर अभियान्ता बन्ने कस्तो नैतिकता हो । डाक्टर भन्या त संवेदनशील , प्राज्ञिक मान्छे । किशोर खत्री जस्तो मान्छेले बिधालयबाट बिद्यार्थी ल्याएर अदालतमा ढुंगा हान , मालमा ढुंगा हान भनेर उकास्ने काममा उहाँको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता देखियो । किशोर खत्री जस्तो बौद्धिक मान्छे जसलाई मैले श्रद्धा गर्थे , बौद्धिक र मानवीय हिसाबले पनि असाध्यै श्रद्धा थियो । उहाँपनि एउटा व्यवसायी हो , आज उहाँको व्यवसाय कसैले आगो लगाइदिए पिडा हुन्थ्यो कि हुदैनथ्यो ? उहाँको सम्पत्तिमाथि कसैले आगो लगाइदिए पिडा हुन्थ्यो कि हुदैन्थ्यो ? उहाँले बिद्यार्थी खेर्ने , बस ल्याउने, कोणसभा गर्ने , कति ठाउँ पुग्नुभएको छ भन्ने सबै रेकर्ड हामिसंग छ। कुनै बेला किशोर खत्री को हुन भन्ने कुरा हामि सार्वजनिक गर्दैछौँ । उहाँ अप्रत्यक्ष होइन उहाँले नै मुभमेन्ट गर्नुभयो ।’

यता मेयर खड्काको आरोपलाई डा.खत्रीले ठाडै अस्विकार गर्दै प्रमाण ल्याउन चुनौती दिएका छन् ।
तर डा.खत्रीले जेन-जी आन्दोलनको क्रममा तुलसीपुरमा विभिन्न विधालयमा पुगेर बिद्यार्थीलाइ आन्दोलनमा सहभागी हुन अपिल गरेका भिडियो सामाग्रीहरु सामाजिक संजाल व्याप्त छन् ।

कतिपयले डा.खत्रीले तुलसीपुरका अधिकांश बिधालयमा पुगेर बिद्यार्थीलाई आन्दोलनमा सहभागी हुन अपिल गर्ने गरेको तर आँफ्नै निजि बोर्डिङ तुलसी बोर्डिङबाट भने आन्दोलनमा बिद्यार्थीहरुलाई सहभागी नबनाएको भन्दै आपत्ति जनाएका छन् ।

डा.खत्रीलाई ट्रोल बनाउने अर्को काण्ड हो ,अन्तर्वार्ता ।
अन्तरिम सरकारको मन्त्री हुने चर्चाका बिच उनि छलफलका लागि काठमाडौँ बोलाइएको भन्दै नयाँ दौरा सुरुवाल सहित काठमाडौं पुगेका थिए ।
उनि पहिलोपटक मन्त्री हुने अत्याधिक चर्चाका बिच मन्त्री हुन सफल नभएपनि ऋषि धमलाको जनता जान्न चाहान्छन कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किएका थिए ।

अन्तर्वार्ताको क्रममा डा.खत्रीले भनेका छन्– ‘सरकारले चाहान्छ , नेपाली जनताले साँच्चिकै शुसासित भएर चाहान्छन भने मेरो प्राइभेट हस्पिटलपनि सरकारलाई दिन तयार छु किनभने मेरो हस्पिटलमा गरिब बिरामीको निशुल्क उपचार गरेको छु , खाना खाने पैसा दिने गरेको छुँ ।’

डा.खत्रीले अन्तर्वार्तामा व्यक्त गरेको विचारको पनि धेरैले व्यंग्य गरेका छन् ।
तुलसीपुरका एक समाजसेवीले डेलिन्युजराप्तीसंग भने– ‘ यो जनतामाझ भ्रम छर्ने एक प्रकारको नयाँ स्टण्ट हो । उनको अस्पताल दाङकै महंगो अस्पताल हो । उनले चलाएको निजि बोर्डिङपनि अति महंगो मध्यको एक हो। राज्यको निति, नियमभित्र अस्पताल , स्कुल चलाउन नसक्नेले नेपाली जनतालाई शुसासनको पाठ पढाएर हुँदैन । उनको अस्पताल कति महंगो छ , लूटपाट छ त्यो जनतालाई सोधे पुगिहाल्छ , झुठो कुरा बोल्नु हुँदैन । उनले कसैको पनि निशुल्क उपचार गरेका छैनन् ।’

स्वस्थ जिवनका लागि विहानी हिडाई (मोर्निङ वाक अथवा वाकाथन )को अभियानबाट लोकप्रिय बनेका डा.खत्रीले दाङमा विभिन्न कार्यक्रमको सन्दर्भमा आएका प्रमुख दलका नेताहरुदेखि कलाकारसम्मलाई भेट्न भ्याएका छन् ।

डा.खत्रीको यो अभियानलाई कतिपयले आगामी निर्वाचनमा चुनाव लड्न जनमत जुटाउन गरेको पर्यन्त भन्छन् भने कतिपयले उनले स्वस्थ जिवनको लागि सचेतना जगाउन गरेको सचेत पर्यत्न बुझ्ने गरेका छन् ।

तर जे भएपनि यतिबेला उनी लोकप्रियता बटुल्न खोज्दा विवादित बनेका डाक्टर जस्तै भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार