दाङमा लागुऔषध सहित चार जना पक्राउ

डेली न्युजराप्ती       ५ आश्विन २०७९ १७:४४ मा प्रकाशित     246 No Comments


घोराही । दाङमा लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्बजनिक गरेको हो ।
प्रहरीले गढवा १ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका १० जगदीशपुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ बर्षे मोहबद खाँनलाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए।

उनले लागु औषध ओसारपसारमा प्रयोग गरेका लु ६८प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकल पनि बरामद गरेको बताए ।

त्यस्तै प्रहरीले लमही ९ अमिलियाबाट घोराही १३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही १३ सेवार बस्ने ३८ बर्षकी खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरिएको जनाएको छ ।

चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार