तुलसीपुर । दाङको तुलसीपुर स्थित गोरखा मावि तुलसीपुरले कक्षा १२ को ब्यबस्थापन संकायमा सबै विद्यार्थी उतिर्ण गराउन सफल भएको छ । सोमबार प्रकाशित नतिजा अनुसार जम्मा १९९ जना विद्यार्थी रहेकोमा सबै उतिर्ण भएको ब्यबस्थापन संकाय प्रमुख डम्बर डाँगीले बताए ।
उनका अनुसार ३.६१देखि ३.८६ जीपीए ल्याउनेमा २७ जना, ३.२० देखि ३.६० ल्याउने १४३ जना, २.८० देखि ३.२० ल्याउने २७ जना तथा २.७६ ल्याउने २ जना रहेका छन् ।
ति मध्ये सबै भन्दा बढि पुष्पा केसीले ३.८६ जीपीए ल्याएकी छन् । यस बर्ष पनि गोरखा तुलसीपुरले जिल्ला प्रथम भएको दावी गरेको छ । यस अघि ब्यबस्थापनका तीन वटा परीक्षामा लगातार जिल्ला प्रथम भएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.