तुलसीपुर। राप्ती आँखा अस्पताल रक्षाचौरले पहिलो पटक आँखाको नानी प्रत्यारोपण गरेको छ । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा पहिलो पटक आँखाको नानी प्रत्यारोपण सेवा सुरू गरेको हो । अस्पतालले पहिलो पटक बाँकेको राप्ती सुनारी –१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको हो । आँखाको नानीमा फुलो परेको र औषधीले हाल्दा पनि ठिक नभएर फुट्न लागेको अवस्था भएपछि आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गरिएको हो ।
नेपाल आँखा बैंकले उपलव्ध गराएको उक्त नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको थियो । राप्ती आँखा अस्पतालमा आँखाको नानीमा घाउ भयर फुट्नै लागेको अवस्थामा पुगेकी कुमालको आँखाको फुट्ने र आँखाको पुरै भागनै सुक्नबाट बचाउनका लागि राप्ती आँखा अस्पतालकी कर्निया स्पेसीयालिष्ट (नानी रोग) बिशेषज्ञ डा ज्योती साप्कोटाले नानीको सफल प्रत्यारोपण गरेकी हुन । एक महिना पहिले कुमालको आँखामा मकैको गेडाले नानीमा चोट लागेर उनी विरामी परेकी थिइन् । पहिले स्थानीय मेडिकलबाट औषधी लिएको र पछि विस्तारै आँखा देख्न छोडेपछि आँखा अस्पतालमा आफु उपचारक लागि आएको उनले बताइन् ।
डाक्टर सापकोटाले आँखाको नानीमा हुने इनफेक्सन (पूmलो पर्ने) को औषधि तथा शल्यक्रिया मार्फत उपचार ,आँखाको नानीको प्रत्यारोपन , दृष्टि बढाउनको लागि गरिने नानीको प्रत्यारोपन नानीको ठिक नभएको घाउ÷पूmलो हटाउने अप्रेशन, आँखाको नानीको आकार र बनावट जोगाउनको लागि गरिने शल्यक्रिया, आँखाको नानीको सेतो दाग हटाउने शल्यक्रिया र आँखाको नानीमा फरक आकारका चोट, घाउ या ट्युमर हटाउने शल्यक्रिया हुने भन्दै यो शल्यक्रिया नानीमा चोटपटक लागेर औषधीले सञ्चो नभएपछि आँखाको नानी फेर्ने शल्यक्रिया भएको बताइन् । ‘यो शल्यक्रिया राप्तीमा पहिलो पटक हो यो सफल पनि भएको छ, उनले भनिन् ।’ आँखा दान महादान भने जस्तै नानी पनि सवैले दान गर्नु सक्नु हुन्छ यो महत्वपूर्णहो उनले भनिन् ।
उनले अव नानी फेर्नका लागि काठमाण्डौमै जानुपर्ने वाध्यता नहुने बताइन् । ‘हामीले दिन सक्ने आँखाको नानी सम्वन्धी सेवाहरु यहिबाट दिने छौं –डा सापकोटाले भनिन् । अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा विकास गरि अस्पतालमा विशिष्टकृत सेवा अन्तर्गत विशिष्टकृत डाक्टरहरुद्धारा विशेषज्ञ सेवा रेटिना(आँखाको पर्दा) कोर्निया (आँखाको नानी) , र (अकुलोप्लाष्टिक) ( आँखाको क्यान्सर) सम्वन्धी उपचार तथा शल्यक्रिया सेवाहरु सञ्चालन समेत भएको छ । त्यस्तै अस्पतालले विशिष्टकृत डाक्टरद्धार (आँखाको पर्दा) सम्वन्धी सेवाहरु आँखाको पर्दाको अत्याधुनिक मेसिन तथा दुरबीनद्धारा चेक जाँच , आँखाको पर्दाको (मधुमेह) र शरीरका कुनै पनि रोगहरुले गर्दा आँखाको पर्दामा गरेका असरहरुको पुरा जाँच र आधुनिक स्तरको शल्यक्रिया सहितका उपचारहरु । आँखाको पर्दाको विभिन्न प्रकारका लेजर प्रविधिद्धारा उपचारहरु, विभिन्न रोगहरुबाट आँखाको पर्दामा भएका आँखाका समस्याहरुमा सुई मार्फत आँखा भित्रै औषधि दिने सेवा सुरू गरेको आँखाको पर्दा सम्वन्धि विशेषज्ञ डा सन्तोष सुवेदीले जानकारी दिए ।
त्यस्तै हस्पतालमा (अकुलोप्लाष्टिक) तथा ( आँखाको क्यान्सर) सम्वन्धि सेवाहरु आँसु नलि सम्वन्धीत समस्याहरुको उपचार तथा शल्यक्रिया आसुको नली समम्वन्धी उपचार तथा शल्यक्रिया आसुको थैली निकाल्ने शल्यक्रिया ,काटीएको आसु नलीको शल्यक्रिया, आसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया बन्द आसु नलीको प्याल खुला गर्ने शल्यक्रिया, आँखाको ढकनीमा देखिने समस्याको उपचार तथा शल्यक्रियाहरु, आँखाको सौन्दर्यताको लागि गरिने उपचार तथा शल्यक्रिया बुढेस कालमा देखिने अनुहारको चौरीपनाको उपचार , आँखाको ढकनीको शौदर्यताका लागि गरिने शल्यक्रिया कृतिम आँखा राख्ने तथा आँखा वा आँखा वरपर देखिएको क्यान्सरको उपचार तथा शल्यक्रिया सेवा दिदै आएको अकुलोप्लाष्टिक विशेषज्ञ डाक्टर शुरेस रसाइलीले जानकारि दिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.