तुलसीपुरमा खुल्ला पुरुष ‘खसी कप’ भलिबल प्रतियोगिता हुने

डेली न्युजराप्ती       १७ चैत्र २०८२ ०७:५६ मा प्रकाशित     82 No Comments

दाङ, १५ चैत । तुलसीपुरमा खुल्ला पुरुष ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। फेलोसिप भलिबल क्लब, तुलसीपुर–९ बेलुवाको आयोजनामा चैत २० र २१ गते उक्त प्रतियोगिता सञ्चालन गरिने तय भएको हो।
भलिबल खेलको स्थानीयस्तरमा प्रवर्द्धन गर्ने, खेलाडीहरूको प्रतिभा उजागर गर्ने र युवापुस्तामा खेलप्रति रुचि बढाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा दाङसहित छिमेकी जिल्लाका विभिन्न टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतिस्पर्धा निकै रोचक र प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको क्लबका अध्यक्ष राजु यरिले जानकारी दिएका छन्।
यस प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभा पहिचानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, खेलकुदमार्फत अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य पनि राखिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडीलाई समयमै नाम दर्ता गराउन आग्रह गरिएको छ। टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ भने दर्ताको अन्तिम समय चैत १९ गते साँझ ५ बजेसम्म रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार