विभिन्न ७ दलित माेर्चाद्वारा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

डेली न्युजराप्ती       ५ असार २०७९ १२:४६ मा प्रकाशित     185 No Comments


काठमाडौं: श्रमिक समुदाय मोर्चा नेपालसहित सातवटा राजनीतिक दलित मोर्चाहरुले सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको ठाडो दबाव तथा हस्तक्षेपको घोर विरोध एवं भत्र्सना गर्दै नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गरेका छन् ।

श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्षका रामलाल विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्षका अमर परियार, जातव्यवस्था उन्मूलन मोर्चा नेपालका संयोजक राजकुमार हिङमाङ, राष्ट्रिय दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपाली, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुन्जेल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष जनक कामी, संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष दुर्गा बराईलीले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विज्ञप्तिमार्फत उनीहरुले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरि कुनै पनि प्रकारका सन्धि सम्झौतमा हस्ताक्षर नगर्न नेपाल सरकार समक्ष विशेष माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार