अखिल (क्रान्तिकारी)द्वारा लमही , राप्ती र गढवाको संयुक्त सम्मेलन सम्पन्न

डेली न्युजराप्ती       २७ मंसिर २०७९ २३:४४ मा प्रकाशित     282 No Comments

विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) दाङ अन्तर्गत लमही नगरपालिका , राप्ती र गढवा गाउँपालिका स्तरीय संयुक्त सम्मेलन सम्पन्न भएको छ । आज मंगलबार नेकपाका केन्द्रीय सदस्य विक्रम सीको प्रमुख आतिथ्य तथा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सीको बिशेष आतिथ्यमा सम्मेलन समपन्न भएको हो । सम्मेलनले लमही नगरपालिकाको अध्यक्षमा समता सीलाइ निर्वाचित गर्दै १५ सदस्यीय नगर कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मण सी , सचीवमा कविता सी , सहसचिवमा रमेश सी र कोषाध्यक्षमा रुणा सीलाई निर्वाचित गरिएको हो ।
यस्तै सम्मेलनबाट गढवा गाउँपालिकाको अध्यक्षमा शिवजङ्ग सी , उपाध्यक्षमा लक्ष्मण सी , सचीवमा समीर सी , सहसचिवमा राहुल सी र कोषाध्यक्षमा गरिमा सी सहित १५ जना को पालिका कमिटि चयन गरिएको छ ।
यस्तै आजै सम्पन्न सम्मेलनले राप्ती गाउँपालिकाको अध्यक्षमा दामोदर सीलाइ जिम्मेवारी प्रदान गरेको छ ।
जसको उपाध्यक्षमा राम कृष्ण सी , सचीवमा वसन्त सी , सहसचिवमा कविता सी र कोषाध्यक्षमा विनोद सीलाइ निर्वाचित गरेको संगठनका दाङ जिल्ला संयोजक खुमन सीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार