एमसिसी विरुद्ध नेकपा लगाएतका ६ दलहरुले भोलि घोराहिमा बिरोध प्रदर्शन गर्ने

डेली न्युजराप्ती       ५ पुष २०७८ १७:३४ मा प्रकाशित     848 No Comments


हेमन्त प्रकाश वली,दाङ। एमसिसी सम्झौता कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध ४ कम्युनिस्ट पार्टी र २ मोर्चाले भोलि घोराहीमा बिरोध प्रदर्शन तथा बिरोध सभाको आयोजना गरेका छन।
सोमबार घोराहीमा बसेको संयुक्त राजनीतिक पार्टीको बैठकले पुस ६ गते भोलि दाङको घोराहीमा संयुक्त रुपमा राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध शसक्त बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य शितलको अध्यक्षतामा बसेको बैठकमा नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य समिर,राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गणेश आचार्य, नेकपा (माले)का केन्द्रीय सदस्य नेत्र प्रकाश पाण्डे,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि द्वय काशीनाथ पोख्रेल र सुशील पोख्रेल,नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि द्वय निर्मल र तिलकको सहभागीता रहेको थियो।
आइतबार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै ८ दलिय मोर्चा सम्बद्ध विप्लव नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी(मसाल),नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी),नेपाल कम्युनिस्ट पार्टी (माले), ऋषि कट्टेल नेतृत्वको नेकपा,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल र सिपि गजुरेल नेतृत्वको मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल र चित्रबहादुर केसि नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पुस ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अवस्थाबाट पनि एमसिसी पारित गराइ लागु गर्ने दुस्साहसपुर्ण देउवा सरकारको हर्कतलाइ असफल पार्न पुस ६ गते देशव्यापी बिरोध प्रदर्शन र बिरोध सभा गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन। उक्त संयुक्त बिरोध कार्यक्रमलाइ प्रभावकारी बनाउन जिल्लामा संयुक्त रुपमा एमसिसी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ।
विप्लव नेतृत्वको नेकपा सहित ८ दलिय मोर्चा एमसिसी सम्झौता विरुद्ध निरन्तर सडक संघर्षमा छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार