काठमाण्डौं : विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश सी सहित अन्य नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार काठमाण्डौं जिल्ला अदालत परिसरमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुझिएका पूर्वगृहमन्त्री लगायतको कारबाहीको माग गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सी, सचिव प्रकाश सी लगायत सचिवालय सदस्य अटल सी ,अनिल सी , तारा सी , डिवि सी , हस्त लगाएत दर्जन नेता कार्यकर्ता रहेको जनाइएको छ । यस सम्बन्धी थप विवरण भने आउन बाँकी छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.