हेमन्त प्रकाश ओली ।
जेष्ठ २० , घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम पुर्व सांसद सीता विक (सम्झना)ले जनयुद्धका नायक प्रचण्डले भारतको भ्रमणको बेला भारतको महाकालेश्वरमा गरेको पुजापाठले अन्तर्राष्ट्रिय बेज्जत भएको बताएकी छन् ।
आज घोराहीमा नेकपाका पार्टी सदस्यहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ सम्झनाले यस्तो कुरा बताएकी हुन् ।
कार्यक्रममा बोल्दै नेतृ सम्झनाले भनिन् – ‘नेपालमा भैंसी पुजा गरेका प्रचण्डले अहिले दिल्ली गेरुबस्त्र सहितको पुजापाठले अन्तर्राष्ट्रिय बेज्जत भयो । हिजो दस बर्षे महान जनयुद्धका नायकको यस प्रकारको हर्कतले सच्चा कम्युनिस्टहरुको समेत शिर निहुँरिएको छ । धर्म अफिम हो भन्ने चेतना भर्न सिकाएका प्रचण्डको पतन भइसकेको स्पष्ट भएको छ । जनै र धोतीमा महाकालेश्वरमा प्रचण्डको पूजा गरेर प्रचण्ड महापतित भइसके तर हामी हाम्रो आदर्शबाट रत्तीभर डगमगाउनु हुँदैन । महान कम्युनिस्ट दर्शन , आदर्श नै बिश्वभरिका श्रमिक जनताको मुक्तिको आदर्श हो । प्रचण्डहरु डगमगाए भनेर हामी बिचलित हुनुपर्दैन् । हामी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतिर निरन्तर अग्रसर हुनैपर्छ ।’
एक अर्को प्रसंगमा बोल्दै नेतृ सम्झनाले अहिलेको संसदीय व्यवस्था चरम संकटमा फसेको बताएकी थिइन् । उनले फेरि भनिन् ‘यो सत्ता सर्वाधिक संकटमा फसेको छ । अब यो व्यवस्था चल्दैन यो असफल भइसकेको छ । राज्यनै नागरिकलाई शरणार्थी बनाएर बेच्ने सम्म पुगिसकेको भनेपछी अब त यो राज्य अपराधिक राज्य बन्दैछ ।’
अब यो देशमा देखिएका संकटको निकासका लागि सच्चा कम्युनिस्टहरु बिच एकता हुनुपर्छ । उनले थप भनिन् ‘ देशमा संकट झनपछी झन तिब्र भएका छन् । हामिले संकटको निकासका लागि सबै मिलौ भनेका छौँ । सबै मिलेर देशलाइ समाजवादमा लैजाउ । समाजवाद नै अहिलेको संकटको निकास हो । पछाडी फर्केर होइन एक कदम अगाडि बढेर देशलाइ निकास दिने बेला आएको छ । राजा ल्याएर समाधान हुँदैन । मुलुकलाइ बचाउने हो भने वास्तविक शान्ती , समृद्धि र स्वाधीनता प्राप्तिका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि अगाडि बढौँ।’
नेकपा पुर्वी दाङकी इन्चार्ज समेत रहेकी नेतृ सम्झनाले नेपालमा एकीकृत जनक्रान्ती हुँदै वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनको आँधिबेरीले वैरीहरु अत्तालिएको समेत बताएकी थिइन् ।
नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणमा नेकपाका केन्द्रीय सदस्य तथा पुर्वी दाङका इन्चार्ज सम्झना सी , नेकपाका केन्द्रीय सदस्य तथा पस्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा पुर्वी दाङका सचिव जनक सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य द्वय दिनेश सी र खिम बहादुर सी , थारु मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य चुलुवा सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य जंग रेउले , अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य खुमन सी , युवा संगठन नेपालका पुर्वी दाङ जिल्ला अध्यक्ष पदम सी , अखिल (क्रान्तिकारी) पुर्वी दाङका संयोजक दिपक सी लगाएतको आतिथ्य रहेको थियो ।
प्रशिक्षण कार्यक्रमको संचालन नेकपा पुर्वी दाङका नेता महान सीले गरेका थिए भने अध्यक्षता नेता किसन सीले गरेका हुन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.