अन्तिममा चीनलाइ पछि पार्दै अमेरिका बन्यो टोकियो ओलम्पिकको सर्वाधिक पदक विजेता

developver mode       २४ श्रावण २०७८ २२:१८ मा प्रकाशित     480 No Comments


शिवराज वली श्रावण-२४,दाङ।
विश्व खेलकुदको महाकुम्भ गृष्मकालिन ओलम्पिकको ३२औ संस्करण टोकियो ओलम्पिक २०२० आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ।
सन २०२० मा नै हुनुपर्ने भएतापनी कोरोना महामारीका कारण एक बर्ष ढिलाइ भएको थियो।कोरोनाको संत्रासका वीच पनि उच्च सतर्कता अपनाउदै टोकियो ओलम्पिक सन २०२१ जुलाइ-२३ देखि ८ अगस्ट सम्म संचालन भएको थियो।जसमा ३९ स्वर्ण,४१ रजत र ३३ कास्य सहित कुल ११३ पदक जित्दै संयुक्त राज्य अमेरिका सर्वाधिक पदक जित्ने देश बनेको छ।अमेरिकाले चिनलाइ अन्तिम दिनमा मात्र उछिनेको हो।तेस्रो र चौथो दिन बाहेक ओलम्पिकभर नै पदक तालिकामा शिर्ष रहेको चीन भने ३८ स्वर्ण,३२ रजत र १८ कास्य गरि कुल ८८ पदक जित्दै दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो।त्यस्तै आयोजक जापान २७ स्वर्ण,१४ रजत र १७ कास्य गरि कुल ५८ पदक सहित तेस्रो स्थानमा रह्यो।बेलायत,रसियन ओलम्पिक कमिटी(ROC),अस्ट्रेलिया र नेदरल्यान्डस क्रमशः चौथो,पाचौं,छैठौं र सातौ स्थानमा रहन सफल भए।

कुल २०६ राष्ट्र संगै शरणार्थी टोलिका ११ हजार ३०० सय भन्दा बढी खेलाडीले एथलेटिक्सका ३३ खेलका विभिन्न ३३९ इभेन्ट्समा ३४० स्वर्ण,३३८ रजत र ४०२ कास्य गरि कुल १०८० पदकका लागि प्रतिस्पर्धा गरेका थिए।नेपाल सहित कुल ११२ राष्ट्र पदकबिहिन बने भने भारतले ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ।
ओलम्पिकको उद्घाटनमा नेपालको तर्फबाट पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोकेका थिए।३३औ ओलम्पिकको झण्डा पेरिसलाइ हस्तान्तरण गर्दै गृष्मकालिन टोकियो ओलम्पिक २०२० को एक भब्य समारोहका बिच ८ अगस्ट अर्थात आइतबार समापन भएको हो।३३औ गृष्मकालिन ओलम्पिक सन २०२४ मा फ्रान्सको पेरिसमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार