विप्लव नेतृत्वको नेकपाद्वारा घोराहीको पद्मोदय पब्लिक नमुना मावि परिषर सरसफाइ

डेली न्युजराप्ती       १ असार २०८१ १८:५४ मा प्रकाशित     86 No Comments

जेठ ३२ , दाङ ।
दाङमा विप्लव सी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रत्येक महिनाको अन्तिम शुक्रबार रचनात्मक कार्य गर्ने भएको छ ।
नेकपाको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीले रचनात्मक कार्यलाई ‘रचनात्मक डे’को नाम दिएको छ ।

प्रत्येक महिनाको अन्तिम शुक्रवार गरिने रचनात्मक कार्यमा पार्टीले सार्वजनिक स्थलहरुको सरसफाइ , सरकारी एवम सामुदायिक बिद्यालय , कलेज , क्याम्पसहरुको सरसफाइ , सरकारी अस्पतालहरुमा सरसफाइ , जनसेवाका कामहरु , नमुना निर्माण कार्य , प्रतिक्षालयहरुको सरसफाइ एवम पुनर्निर्माण तथा निर्माण लगाएत नागरिकको प्रत्यक्ष जनस्वास्थ्यसंग जोडिएका सवालहरुमा काम गर्ने पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।

यसैगरी पार्टीले प्रत्येक महिनामा गर्ने ‘रचनात्मक डे ’को जिल्लाभरी औपचारिक कार्यक्रम मार्फत उद्घाटन समेत गरेको छ ।
जिल्लाका १० वटै पालिकामा गरिने उक्त कार्यको विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाइ गरि उद्घाटन गरिएको नेकपाले जनाएको छ ।

यस्तै नेकपा घोराही उपमहानगर कमिटीले घोराहीको पद्मोदय पब्लिक नमुना मावीको परिषर सरसफाइ गरि प्रत्येक महिनामा गर्ने ‘रचनात्मक डे ’को उद्घाटन गरिएको जनाएको छ ।

‘रचनात्मक डे ’को उद्घाटन कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीले देश नै एउटा राजनीतिक डंगुरमा फसेकेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘ हामिले आजदेखी जिल्लामा प्रत्येक महिनाको अन्तिम शनिबार रचनात्मक डेको अभ्यास गर्ने निर्णय गरेका छौँ । यो अभियानमा हामिले सार्वजनिक स्थल ,परिषरहरुको सरसफाइ गर्ने , सरकारी अस्पताल , स्कुल , कलेज वा क्याम्पसहरुको सरसफाइ एवम जनसेवाका बिबिध कामकाज तथा निर्माण,पुनर्निर्माणका काम गर्ने योजना बनाएका छौँ । यतिबेला देश नै एउटा राजनीतिक फोहोरको डंगुरमा फसेको छ । हामी यो राजनीतिक फोहोरको डंगुरलाई सफा गर्ने अभियानमा पनि छौँ । हामिले भनिरहेका छौँ कि यो डंगुरको स्रोत नेपालको दलाक पुजीवादी संसदीय व्यवस्था हो । यो व्यवस्थाको अन्त्य गरि नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना अपरिहार्य वनेको छ , त्यसका लागि हामिले नेपालमा एकीकृत जनक्रान्ती सञ्चालन गरिरहेका छौँ ।’

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज विकाश सीले सहजीकरण गरेको कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको रहेको थियो ।

सरसफाइ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सम्झ्ना सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं. २ इन्चार्ज पाटन जंगली सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोरही उपमहानगर कमिटीका इन्चार्ज विकाश सी , सेक्रेटरी महान सी लगाएतको आतिथ्यता रहेको थियो।

सरसफाइ कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सयौं नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार