नेकपाद्वारा दाङको घोराहीमा प्रशिक्षण:रुपान्तरण हुन नसक्नेहरु पार्टीबाट भाग्दैछन:शितल

डेली न्युजराप्ती       १० असार २०७९ १६:३९ मा प्रकाशित     399 No Comments


असार १०,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही उपमहानगरपालिका स्तरीय राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रवार नेकपा दाङ अन्तर्गत घोराही उपमहानगर कमिटीको आयोजनामा राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

पार्टी कार्यकर्तासम्म सहभागी संयुक्त राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले पार्टीमा गल्ती कमजोरी सच्याएर रुपान्तरण हुन नसक्नेहरु पार्टीबाट भाग्ने गरेको बताउनुभएको छ।
नेता शितलले पार्टीमा आर्थिक,सांगठनिक लगाएतका क्षेत्रमा अराजकता मच्चाउने नेता-कार्यकर्तालाई गल्ती कमिकमजोरी सच्याएर रुपान्तरण हुन आग्रह गर्दा उल्टै रुपान्तरण हुनुभन्दा पनि पार्टीलाई अनेकौं संगिन आरोपहरुको थुप्रो लगाएर पार्टी छोड्ने गलत प्रवृती देखिएको बताउनुभयो। नेता शितलले भन्नुभयो– ‘सुदर्शन कमरेडले पार्टीमा आर्थिक अराजकता मच्चाउनु भएको थियो। हामिले बैठकमा स्पष्टीकरण सोध्यौ,गल्ती कमजोरी सच्याएर रुपान्तरण भएर अगाडि बढ्न आग्रह गर्यौ तर उहाँले तत्कालीन चुनावी कार्यनीतिलाई बहाना बनाएर पार्टी बिभाजन गर्न लाग्नुभयो र अन्तमा पार्टी बिभाजन गरेर भाग्नुभयो।’

नेता शितलले धर्मेन्द्र-सुदर्शनले साच्चिकै क्रान्ती गर्नका लागि पार्टी बिभाजन गरेको नभइ आर्थिक,सांगठनिक अराजकताबाट बच्न पार्टीमा बहस भएको एक महिना नबित्दै छुट्टै झोला बोकेर हिडेको बताउनुभएको हो।
नेता शितलले अगाडि भन्नुभयो– ‘धर्मेन्द्र-सुदर्शनले आबेग,आक्रोश,कुण्ठा बोकेर हिड्नुभएको छ। उहाहरुको बिभाजनले प्रतिक्रान्तीलाई टेवा पुर्याउछ।’
नेता शितलले पार्टीबाट राजिनामा दिएको बिज्ञप्ति निकालेका ओम प्रकाश पुन पनि रुपान्तरण हुन नसकेर पार्टी छोडेको बताउनुभएको थियो।उहाले भन्नुभयो– ‘ओमजीलाई पनि पार्टीले सांस्कृतिक अराजकताको विषयमा गल्ती सच्याएर रुपान्तरण हुन आग्रह गरेको हो तर उहाँ रुपान्तरण भएर पार्टी क्रान्तीप्रती प्रतिबद्ध हुनुको साटो उल्टै पार्टी छोडेर भाग्न थाल्नुभयो।’

एक फरक प्रसंगमा बोल्दै नेता शितलले सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका लागि संसदीय व्यवस्था अन्तर्गतको चुनाव केवल कार्यनीतिक विषय भएकाले चुनाव प्रयोगको कार्यनीतिलाई संसदवादमा पतन,बिलिन भएको वा संसदवाद स्विकार गरेको लगाएतका संगिन आरोप लगाउनु भ्रमपुर्ण रहेको टिप्पणी गर्नुभएको थियो। उहाले पार्टी एकीकृत जनक्रान्तीप्रती प्रतिबद्ध रहेको र कुनैपनी हालतमा संसदवादलाई स्विकार गर्न नसक्ने स्पष्ट पार्नुभएको थियो।

नेता शितलले पार्टी विरुद्ध अनेकौं भ्रमहरु उत्पन्न गराइएको बताउदै नियोजित रुपले देशी-बिदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीका विरुद्ध षड्यन्त्र गरेको समेत बताउनुभएको हो।

राष्ट्रघात,जनघात,महंगी,भ्रष्टाचार,सामाजिक बिभेद,व्यथिती,बिसंगती,राष्ट्रघाती एमसिसी सम्झौता लगाएतका विरुद्ध सचेततापुर्वक संघर्ष गर्दै जनताको बिचमा बैकल्पिक शक्तीको रुपमा स्थापित हुँदै गरेको जनप्रीय पार्टीका विरुद्धमा साम्राज्यवाद र नेपालको दलाल पुजीवादी सत्ताको डिजाइनमा पार्टी भित्रबाट केही एजेन्टहरु खडा गरेर आन्दोलन तुहाउने षड्यन्त्रलाई समेत पार्टीले परास्त गरेको नेता शितलले स्पष्ट पार्नुभएको थियो।
उहाले फुटबादलाइ परास्त गर्दै एकीकृत जनक्रान्ती मार्फत नेपालमा वैज्ञानिक समाजवाद स्थापनाको लागि पार्टी दृढ रहेको जिकिर गर्नुभएको हो।
नेता शितलले धर्मेन्द्र-सुदर्शन समुहमा भुलबस,भ्रमवस गएका इमानदार,क्रान्तिकारी नेता-कार्यकर्तालाई पार्टीमा फर्किन अपिल गर्दै सम्पुर्ण देशभक्त,प्रगतिशील,बामपंथी,बुद्दिजिवी लगाएत आम जनसमुदायलाई एकीकृत जनक्रान्तीको कार्यदिशामा गोलबन्द हुन आह्वान समेत गर्नुभयो।

कार्यक्रमका अतिथि नेकपाका केन्द्रीय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिन,नेकपा बिशेष कमिटी सदस्य सम्झना,नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य मंगल लगाएतले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो।

राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनको आतिथ्य रहेको थियो।
अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोकाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेकपा दाङ जिल्ला कार्यालय सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज/सेक्रेटरी निर्मलले गर्नुभएको थियो।
राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य मोतिले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार