नेकपा राेल्पा र दाङद्वारा दिवंगत भिमलालकाे निधनप्रति दु:ख व्यक्त

डेली न्युजराप्ती       २१ पुष २०७९ २२:३३ मा प्रकाशित     247 No Comments

नेपाल कम्युनिस्ट पार्टी राेल्पाले पार्टीका जिल्ला समिति सदस्य तथा माडी गाउँपालिका इन्चार्ज सन्दीप सी र पार्टीका जिल्ला सदस्य दिनेश सीका बुवा भिमलाल वलीकाे निधनप्रति दु: ख व्यक्त गरेको छ ।

पार्टीका जिल्ला सेक्रेटरी सम्झना सीले एक शाेक वक्तव्य जारी गरी पार्टी सदस्य समेत रहेका ७४ वर्षिय भिमलाल वलीकाे निधनप्रति दु:ख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

साथै पार्टीका जिल्ला सदस्यहरु सन्दीप, दिनेश लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छिन् ।

नेकपा दाङद्वारा दिवंगत बुवा खिमलालको निधनप्रती दुख व्यक्त

नेपाल कम्युनिस्ट पार्टी दाङले पनि पार्टी जिल्ला कमिटी सदस्य खिमा सी(अरुणा)का ससुराबुवा भिमलाल वलीको निधनप्रती दुख व्यक्त गरेको छ ।

नेकपा दाङका सेक्रेटरी जनक सीले आज सामाजिक संजालमा एक शोक वक्तव्य लेख्दै पार्टी दाङ जिल्ला कमिटी सदस्य कमरेड खिमा सी( अरुणा)को ससुराबुवा, राेल्पा जिल्ला सदस्यहरु क. दिनेश र क. सन्दिप सीका बुबाको मिती २०७९\०९\२१ गतेका दिन ७३ बर्ष को उमेरमा भएको असमायिक निधनले सिङ्गो दाङ जिल्ला पार्टी पङ्क्ति दुखित एबम मर्माहित भएको साथै दुखद घडीमा परिवारजनप्रती गहिरो समवेदना का साथै मृतकआदरणीय बुवाप्रती हार्दिक श्रद्धान्जली ब्यक्त गर्नुभएको छ ।

यस्तै नेकपा दाङका पुर्व जिल्ला सचिव एवम पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले आज सामाजिक संजाल मार्फत मृतक भिमलाल वलीप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रती गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार