महासचिव विप्लवलाई दाङमा पार्टीका नेताकार्यकर्ताद्वारा भव्य स्वागत

डेली न्युजराप्ती       २८ माघ २०८१ १२:०९ मा प्रकाशित     195 No Comments

माघ २८,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई दाङमा भव्य स्वागत गरिएको छ ।
आज सोमबार दाङमा हुने कार्यक्रमहरुलाई सम्बोधन गर्न दाङ आइपुगेका महासचिव विप्लव सीलाई पार्टीका नेताकार्यकर्ताहरुले राप्ती गाउँपालिकामा स्वागत गरेका हुन् ।

विप्लवलाई पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय सदस्य पाटन सी , सम्झना सी , विक्रम सी लगाएतका सयौँ नेताकार्यकर्ताहरुले भालुबाङमा स्वागत गरेका हुन् ।

विप्लवले आज राप्ती गाउँपालिकाको सभाहलमा आयोजित सहिद ऋषि-राधा स्मृति केन्द्र राप्ती गाउँपालिका-५ को दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने दिउँसो १ बजेदेखी पार्टीका देउखुरी क्षेत्रका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीका जिल्ला इन्चार्ज सविन सीले जानकारी दिएका छन् ।

नेकपाका महासचिव विप्लव सीले सम्बोधन गर्ने ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्ण बहादुर महरा समेत सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार