एकीकृत जनक्रान्ति सबैको क्रान्ति हो : प्रधानमन्त्री प्रचण्ड

डेली न्युजराप्ती       ३० आश्विन २०८० ०९:१२ मा प्रकाशित     170 No Comments

धिरज, कैलाली: नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लवको एकीकृत जनक्रान्ति सबैको क्रान्ति भएको बताएका छन् ।सोमबार धनगढीमा आयोजित समाजदी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।विप्लव जीले नयाँ गरिरहनु भएको छ, हामी एउटैमोर्चाबाट आएकाले एकीकृत जनक्रान्ति हामी सबैको हो प्रधानमन्त्री प्रचण्डले भने ।समाजवादी मोर्चाको गठनले तरङग फैलाएको बताउदै प्रधानमन्त्री प्रचण्डले विश्वभरका नेपालीहरुमा मोर्चाप्रति विश्वास जागेको बताए ।समाजवादी मोर्चाको बहस सुरु भएको बताउदै उनले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धिहरुको रक्षा गर्दै समाजवादी मोर्चाको कार्यभार पूरा गर्नु पर्ने बताए ।उनले नेकपा एमालेका अध्यक्ष केपी ओली लोकतान्त्रिक नभएको बताउदै एमाले कम्युनिष्ट नभएको बताए ।देशलाई नयाँ भुमरीमा हाल्ने षड्यन्त्र भइरहेको खुलासा गर्दै उनले सबैले सचेत हुन जरुरी भएको बताए ।प्रधानमन्त्री प्रचण्डले चार पार्टीको एकतालाई दरो बनाउदै समाजवादको यात्रा तय गर्नु पर्ने बताए ।उनले सरकार सदन र सडकबाट आन्दोलन गर्न आवश्यक भएको उल्लेख गर्दै समाजवादी मोर्चाको सन्देश सभा टेलर मात्र भएको बताए ।यो टेलर मात्र हो पिक्चर अझै बाँकी छ प्रधानमन्त्री प्रचण्डले भने “समिक्षा गरेर अघि बढ्न जरुरी छ । समाजवादी आन्दोलनलाई अगाडि बढाउन कम्युनिष्टहरुको एउटै पार्टी आवश्यक छ ।”प्रधानमन्त्री प्रचण्डले इजरायलमा फसेका नेपाली विद्यार्थीहरुको अन्य देश भन्दा पहिले नेपाल सरकारले उद्धार गरेको बताए ।उनले चाडै शवहरुलाई पनि नेपाल ल्याईने तयारी भइरहेको जानकारी गराए । परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्न मोर्चाको भूमिका रहने बताउदै सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाएर सुशासनको पक्षमा काम गरेको प्रधानमन्त्री दाहालले बताए ।उनले ललिता निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा मुछिएका दोषी कारवाहीको भागीदार भएको बताए ।उनले अरु फायलहरू पनि छिट्टै खुल्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार