जोसुकै प्रधानमन्त्री बनेपनी जनताको जीवनले खुसी प्राप्त गर्ने छाँट छैन: नेकपाका नेता सविन

डेली न्युजराप्ती       १९ असार २०८१ ०७:२१ मा प्रकाशित     113 No Comments

असार १८ , दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले जोसुकै प्रधानमन्त्री बनेपनी जनताको जीवनले खुसी प्राप्त गर्ने कुनै छाँट नभएको बताएका छन् ।
उनले मंगलबार विहान आफ्नो फेसबुक मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सरकार फेरबदल हुन लागेपछी धेरैले आ-आफ्ना धारणा , तर्क तथा टिकाटिप्पनी गरिरहेका बेला नेकपाका केन्द्रीय सदस्य सविनले फेसबुकमा लेखेका छन् – ‘जोसुकै प्रधानमन्त्री र मन्त्रीहरु बनेपनि देश र जनताको जीवनले खुसी प्राप्त गर्ने कुनै छाँट छैन। वास प्रधानमन्त्री र मन्त्रीहरुको फोटो बदलिने छ।’

नेता सविनले नयाँ समीकरणको विषयलाई आफ्ना कर्तुत ढाकछोप गर्न सत्ता र गालिगलौजको सहारा लिएर शासक बन्न जस्तोसुकै अनुचित लेनदेन गर्ने संसदीय खेलका कथित विजेता खेलाडीहरुको लुटखसौट र वैभवको अर्को बेचैन जिन्दगीको भने सुरुवात भएको जिकिर गरेका छन् ।

उनले लेखेका छन् – ‘आफ्ना कर्तुत ढाकछोप गर्न सत्ता र गालिगलौजको सहारा लिएर शासक बन्न जस्तोसुकै अनुचित लेनदेन गर्ने संसदीय खेलका कथित विजेता खेलाडीहरुको लुटखसौट र वैभवको अर्को बेचैन जिन्दगीको भने सुरुवात हुन्छ नै किनकि यो दलाल पुजीवादी संसदीय व्यवस्था हो जसका शासकहरुले देशका नागरिकहरू विदेश धपाएर आफुले देशमा लुटपाट गरिरहन्छन।’

यस्तो छ नेकपाका नेता सविन सीको स्टाटस:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार