माघ २५/ दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्ला अन्तर्गत बबई गाउँपालिकाको प्रथम बैठक सम्पन्न भएको छ ।
आज बुधबार हापुरेमा सम्पन्न गाउँपालिकाको प्रथम बैठकले रण बहादुर सीको नेतृत्वमा १५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।
बैठकले वैज्ञानिक समाजवादका अवधारणाहरु जनतामा व्यापक प्रचारप्रसार गर्ने , मिटरव्याज , चर्को व्याज , भ्रष्टाचार , महंगी , कालोबजारी , लघुवित्त विरुद्ध भण्डाफोर तथा प्रदर्शन गर्ने , राष्ट्रघाती एमसिसी विरुद्ध संघर्ष गर्ने , राज्यलाइ कर नतिर्ने एनसेलको सिम र रिचार्ज कार्ड बिक्रीवितरण कार्य बन्द गर्न क्रियात्मक कार्यक्रम गर्ने ,समाजवादी जनसत्ता घोषणा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले फागुन १ गते बिबिध कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाउने , सहिद सप्ताहमा सहिद परिवार अभिनन्दन कार्यक्रम गर्ने , सहिद परिवार , वेपत्ता परिवार र घाइते योद्धाहरुसंग भेटघाट गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको नेकपा बबईले जनाएको छ ।
नेकपा बबई गाउँकमिटीको प्रथम बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , बैठकका अतिथी पश्चिम दाङ जिल्ला सेक्रेटरी निर्मल सी , नेकपा बबई गाउँपालिकाका इन्चार्ज उज्ज्वल सी , नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्यहरु हिक्मत सी , दिल बहादुर सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य तथा सहिद परिवार मालली सीले मन्तव्य राखेका थिए ।
प्रथम बैठकको अध्यक्षता नेकपा बबई गाउँपालिकाका सेक्रेटरी रण बहादुर सीले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.