सगरमाथामा तीन आरोही बेपत्ता , हेलिकप्टर मार्फत खोजी कार्य जारी

डेली न्युजराप्ती       २९ चैत्र २०७९ १९:३७ मा प्रकाशित     84 No Comments

दाङ । सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका छन् । हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन् ।

अहिले सिम्रिक एयरको हेलिकप्टर मार्फत उनीहरुको खोजी कार्य भइरहेको छ । उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने तथा अत्यावश्यक सामान लैजाने काम जारी छ । ती शेर्पा आरोही आफ्नो कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार