नेकपा दाङद्वारा जिल्लाव्यापी बिरोध प्रदर्शन,राज्य तीन बुदे सहमती विरुद्ध गए शक्तिशाली प्रतिरोधको उद्घोष

डेली न्युजराप्ती       ४ भाद्र २०७९ २२:११ मा प्रकाशित     306 No Comments


भदौ ४,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले शनिवार जिल्लाव्यापी बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
देशभर अमेरिकी सहयोग परियोजना एमसीसी, सैन्य सम्झौता एसपीपी र नेकपा महासचिव विप्लव लगायतका नेता तथा कार्यकर्तामाथि जारी पक्राउ पुर्जीको विरोधमा विरोध प्रदर्शनको आयोजना गरिएको हो।

नेकपा दाङले जिल्लाका मुख्य शहर घोराही,तुलसीपुर,भालुबाङ,लमही लगाएतका ठाउमा बिरोध प्रदर्शन गरेको थियो।

नेकपाद्वारा जिल्लाको घोराहीमा सहिद गेटबाट शुरू भएको विरोध प्रदर्शन तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन नेकपा दाङका कार्यालय सदस्य तथा घोराही उपमहानगर इन्चार्ज निर्मलले गरेका थिए भने अखिल(क्रान्तिकारी) दाङ जिल्ला संयोजक खुमन,नेकपा गढवा गाउँपालीका इन्चार्ज महानले समेत कार्यक्रमलाई सम्बोधन गरेका हुन। वक्ताहरुले राज्यले नेकपासंग गरेको तीन बुँदे सहमति कार्यान्वयन र पार्टी नेतृत्वसहितका नेता-कार्यकर्तामाथी जारि गरेको पक्राउ पुर्जी यथाशीघ्र फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।
कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङ जिल्ला सचीव पदम चन्दले गरेका थिए।

यस्तै नेकपाले तुलसीपुरमा पनि शसक्त बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। नेकपाद्वारा तुलसीपुरमा सम्पन्न बिरोध प्रदर्शन र्याली तुलसीपुरको बसपार्कबाट सुरु भइ बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन नेकपा दाङ जिल्ला कमिटी सदस्य धर्ती र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कर्णाली प्रदेश इन्चार्ज संजयले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार