राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

डेली न्युजराप्ती       २७ जेष्ठ २०८० १३:०८ मा प्रकाशित     147 No Comments

दाङ, २७ जेष्ठ । दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ४ बुड्कवा निवासी सुरेश चौधरीका १२ वर्षीय छोरा राहुल चौधरी रहेको लमही ४ का वडाअध्यक्ष शुवास न्युपानेले जानकारी दिनुभएको छ ।

हिजो शुक्रबार मध्याह्न तिर उनीसहित ३ जना बालक घर नजिकै नुहाउँन गएको र सोही क्रममा डुबेर मृत्यु भएको वडाअध्यक्ष न्युपानेले जानकारी दिनुभएको छ । मृतकको शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको उहाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार