नेकपाका प्रवक्ता प्रकाण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

डेली न्युजराप्ती       १ पुष २०७९ ०९:११ मा प्रकाशित     116 No Comments

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र पुर्वप्रधानमन्त्री एबम् एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहिबार साँझ भेटवार्ता भएको छ । सो भेटवार्तामा सरकारले नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन ओली सरकारबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०७९ राष्ट्रपतिसमक्ष पेश गरेको बिषयमा छलफल भएको छ।
यसैगरी,उक्त भेटवार्तामा देशको बर्तमान स्थिति र हालै सम्पन्न संघ र प्रदेश सभाको निर्वाचनका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
२०७७ फाल्गुन २१ गते तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष-नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न , नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र संपूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो । सोही३ बुँदे सहमतिलाई अक्षरश: लागु गर्न बर्तमान देउवा नेतृत्वको सरकारले मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०७९ राष्ट्रपतिसमक्ष पेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार