दाङमा हालसम्म कांग्रेस ६,माओवादी केन्द्र र एमाले ३-३ र स्वतन्त्र उम्मेदवार १ वडामा निर्वाचित

डेली न्युजराप्ती       १ जेष्ठ २०७९ १५:०९ मा प्रकाशित     283 No Comments


तुलसीपुर, १ जेठ । दाङका दश पालिका मध्ये ९ पालिकामा भईरहेको मतगणनाको मतपरिणाम आउने क्रम जारी छ । जिल्लाको घोराही, लमही, राजपुर, राप्ती, गढवा, दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाको विभिन्न वडा तहको मतगणना भईरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकामा भने वडा नम्वर १७ को निर्वाचन सकिएपछि मात्रै मतगणना सुरु हुने भएको छ ।

अहिले सम्म विभिन्न पालिका १३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यो समाचार तयार पार्दा सम्म प्राप्त नतिजा अनुसार कांग्रेसले छ वडा र एमाले तथा माओवादी केन्द्र ३-३ वडामा विजयी हासील गरेको प्रदेश निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।यस्तैगरी एक जना स्वतन्त्र उमेदवारले वडा अध्यक्षमा विजयी हासील गर्नुभएको छ ।

एमाले
१. बबई १ वडा अध्यक्षमा प्रेमबहादुर डाँगीको प्यानल विजयी
२.गढवा ८ वडा अध्यक्षमा खालिक सिद्धिकीको प्यानल विजयी
३. दंगिशरण २ वडा अध्यक्षमा डम्बर खत्रीको प्यानल विजयी
कांग्रेस

१.दंगीशरण १ वडा अध्यक्षमा रमेश भण्डारीको प्यानल विजयी
२.बंगलाचुली १ अध्यक्षमा बिष्णु कुंवरको प्यानल विजयी
३.बङगलाचुली २ अध्यक्षमा मैते पुनको प्यानल बिजयी
४.बबई २ अध्यक्ष सहित प्यानल विजयी
५.दंगीशरण ३ वडा अध्यक्षमा सुकलाल चौधरीको टिम बिजयी
६.लमही ९ मा भेषबहादुर केसी(रमेश)को प्यानल विजयी

माओवादी केन्द्र
१.राप्ती ९ अध्यक्षमा रिम बहादुर सुनारी मगरको प्यानल विजयी
२.शान्तिनगर १ अध्यक्षमा जंग बहादुर पुनको प्यानल विजयी
३.राजपुर ६ अध्यक्ष सहित पुरै प्यानल विजयी

स्वतन्त्रतर्फ
१.शान्तिनगर २ मा वडा अध्यक्षमा सुनिल वली विजयी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार